बाँके\निजि तथा प्राईभेट विद्यालयहरुको संगठन प्याब्सन कोहलपुर कार्य समितिले आफ्नो ८ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कोहलपुर नगर अध्यक्ष रमेश केसीको अध्यक्षता तथा जिल्ला प्याब्सन अध्यक्ष बिकास बज्राचार्यको प्रमुख अथितिमा नगरप्याब्सनले आफ्नो ८ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रकमा प्रमुख अथिति बिकास बज्राचार्य संस्थागत हित र प्याब्सनको कानूनको अधिनमा रहेर कार्य सम्पादन गर्न सबै प्याब्सन सदस्य विद्यालयको हित हुने बताए ।उनले कुनै पनि कार्य गर्दा जिल्ला प्याब्सनलाई सहकार्य समन्वय गर्न आवश्यक रहेको औल्याउदै नगर बलियो भएको खण्डमा जिल्ला स्वत बलियो हुने बताए । उनले ८ औँ बार्षिक साधारण सभाको शुभकामना समेत व्यक्त गरे ।
नगर प्याब्सनको सांगठनिक प्रतिवेदन कोहलपुर नगर प्याब्सनका सचिव मित्रलाल वलीले प्रस्तुत गरेका थिए । सांगठनिक प्रतिवेदनमा आफ्नो धारणा राख्दै दिनेश सिग्देलले आगामी आर्थिक वर्षहरुमा गरिने कार्य योजनाहरुमा क्षमता विकास र प्याब्सनमा आवद्ध सम्पूर्ण विद्यालयहरुको स्थर उन्नतीका योजनाहरु ल्याउनु पर्ने धारणा राखेका थिए ।

साधारण सभामा आफ्नो धारण राख्दै केशर बहादुर आलेले स्थानीय तहसँगको सम्बन्ध थप विस्तार सदस्य विद्यालयहरुको संख्या बृद्धि गर्न अग्रणी भूमिका खेल्नु पर्ने बताएका थिए । कार्यक्रमकमा आर्थिक प्रतिवेदन संस्थाकी कोषाअध्यक्ष अस्मिता पुन मगरले प्रस्तुत गरेकी थिइन।
कार्यक्रममा बोल्दै प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले प्याब्स्नमा आवद्ध संस्थागत विद्यालयहरुको हितमा काम गर्दै आइरहेको बताए । उनले संगठनमा आवद्ध विद्यालयहरुले संस्थाको नियम पालना गर्नु पर्ने बताउदै प्याब्सनले आगामी दिनहरुमा क्षमता विकास गर्दै दक्ष जनशक्ति उद्पादन गर्न केन्द्रित हुने समेत बताए ।कोहलपुर प्याब्सनमा हाल २८ औँ सदस्य विद्यालय रहेका छन।









