१० माघ २०८२, शुक्रबार

कोहलपुरमा आठौँ उप मेयर महिला क्रिकेट कप संचालन हुदै
  • न्युज मानसराेवर

कोहलपुर \स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदु भन्ने नाराका साथ आठौँ उप मेयर कप अन्तर मा वि छात्रा क्रिकेट प्रतियोगिता २०८२ संचालन गरिने भएको छ । आज कोहलपुर नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत आठौँ उप मेयर कप अन्तर मा वि छात्रा क्रिकेट प्रतियोगिताबारे जानकारीगराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आठौँ उप मेयर कप अन्तर मा वि छात्रा क्रिकेट प्रतियोगिताका खेल संयोजक मदन विश्वकर्माका अनुसार प्रतियोगितामा कुल १३ वटा विद्यालयको सहभागिता रहेने छन।

संयोजक विकले प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार ट्रफी  दोस्रो २५ हजार ट्रफी सँगै क्रिकेट किट बैग समेत उपलब्ध गराइने जानकारी गराए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट ब्याट्स्मान ५ हजार नगद उत्कृष्ट बलर ५ हजार नगद उदयमान खेलाडिलाई स्पोर्ट सुज पुरस्कार रहने जानकारी गराए।प्रतियोगिता प्रस्तावित कोहलपुर अन्तरराष्टिय क्रिकेट मैदानमा यही माघ ४ गते देखी १३ गते सम्म संचालन हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीले बाँके जिल्ला नै महिला क्रिकेट खेलाडिहरुको प्रमुख शहर रहेको बताउदै महिला क्रिकेट प्रतियोगिताको महत्व र यसले भविष्यमा खेल्ने प्रभाव महत्वपूर्ण रहेको बताए ।

कोहलपुर नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीले कोहलपुर क्षेत्रलाई आधार मानेर २०६१ साल फागुन १५ नेपाली किशोरी पहिलो पटक औपचारिक रूपमा ब्याट बोकेर बोकेर प्रतियोगितामा सहभागिता जनाए पश्चात २०६४ सालमा नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको  स्मरण गर्दै महिला क्रिकेट खेललाई यहाँ सम्म पुर्याउने नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान एलबी क्षेत्रीको स्मरण समेत गरे ।

उनले कोहलपुर महिला क्रिकेट जगतको उर्बर भूमि भएका कारण सबै सरोकारवाला निकाय र नीजि क्षेत्रको सहयोग र सहकार्यको आवश्यक रहेको औल्याए ।उनले कोहलपुर नगर खेलकुद विकास समिति मार्फत महिला क्रिकेट क्षेत्रको विकासमा अझै धेरै कार्यहरु गर्न विभिन्न पहलहरु शुरुवात गरिने समेत उल्लेख गरेका छन।

  • ३ माघ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech