१० माघ २०८२, शुक्रबार

बाँकेमा उम्मेदवारविरुद्ध उजुरी परेन
  • न्युज मानसराेवर

बाँके\आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा आसन्न निर्वाचनका क्रममा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्रसमेत गरी जम्मा ६१ जनाले उम्मेदवारी दिएका थिए ।मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार तोकिएको समय सीमाभित्र कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेपछि सबैको उम्मेदवारी कायम भएको छ ।

जिल्लाको तीन निर्वाचन क्षेत्रमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • ९ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech