बाँके\लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६१ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले अहिलेसम्म १६१ जनाले मतदान गरेको जानकारी दिए।
प्रदेशसभा तर्फबाट ५२ र स्थानीय तहबाट १०९ जनाले मतदान गरिसकेको कुँवरले बताए । बिहान ९ बजे मुख्यमन्त्री चेतनाराणण आचार्यले मत हालेर मतदान प्रक्रिया सुरु भएको थियो ।
मतदान दिउँसो तीन बजेसम्म हुने उनले बताए ।









