१४ जेष्ठ २०८३, बिहीबार

प्रहरीको प्राविधिक तर्फका १४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस
  • न्युज मानसराेवर

काठमाडौँ\प्रहरीको प्राविधिक समूहका १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्वास्थ्य उपसमूह नर्सिङतर्फ दुईजना वरिष्ठ सईलाई इनस्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा गीता बाराकोटी र निर्मला महत छन् ।

इन्जिनियरिङ उप समूहको आवास तथा भौतिकतर्फ दुईजना वरिष्ठ नायव निरीक्षक (सई)लाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा चूडामणि विष्ट र प्रविण मचामसी छन् । इन्जिनियरिङ उप समूहको कम्युटरतर्फ ३ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ  सिफारिस हुनेमा कुन्दन कुमार झा, तीर्थराज खनाल र शान्ति शाक्य छन् ।

प्राविधिक समूहको सञ्चारतर्फ ४ जनालाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सञ्चारतर्फ सिफारिस हुनेमा विजय कुमार शाह, हिरासिंह विष्ट, लिला कुमार गोले र कुल बहादुर खड्का छन् । विधिविज्ञान तर्फ श्रद्धा लामालाई वरिष्ठ सईबाट इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । केनाइनतर्फ कार्यरत वरिष्ठ सई कुमार मगरलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । प्राविधिक समूहको संगिततर्फ गोपाल परियारलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

  • १४ जेष्ठ २०८३, बिहीबार प्रकाशित

  • Nabintech