२९ जेष्ठ २०८३, शुक्रबार

बैजनाथका ७६ किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण
  • न्युज मानसराेवर

बाँके\किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले पालिका भित्रका किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ ।  पालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ को बजेटमार्फत पालिकाभित्रका ७६ जना किसानलाई ७६ थान डिजिटल तराजु वितरण गरेको हो ।एक औपचारिक कार्यक्रमबिच बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, कार्यपालिका सदस्य एवं आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हल्वाई र कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानलाई डिजिटल तराजु वितरण गर्नुभयो ।

एक औपचारिक कार्यक्रमबिच बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, कार्यपालिका सदस्य एवं आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हल्वाई र कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानलाई डिजिटल तराजु वितरण गर्नुभयो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्नका लागि पारदर्शिता र विश्वसनीय बनाउन ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने व्यक्ती वा व्यवसायी र किसान बिचको विश्वास बढाउने, परिणाम सही निकाल्ने काम डिजिटल तराजुले गर्ने छ, किसानको उत्पादनलाई बजारीकरण गर्नमा डिजिटल तराजुले थप मद्धत गर्ने छ ।”

किसानसँग पालिका प्रमुख कार्यक्रममा किसानलाई जोडेर स्थानीय सरकारले किसानलाई ७० प्रतिशत अनुदान र पूर्ण अनुदानमा प्रविधिसँग जोड्ने काम गरिरहेको पालिका अध्यक्ष शाहीको भनाइ छ ।स्थानीय सरकारले वितरण गरेका यान्त्रिकरणको सही रुपले सदुपयोग गर्न किसानलाई उहाँले आग्रह गर्नुभयो ।गाउँपालिका कृषि शाखाका कर्मचारी सचिन मेघनाथका अनुसार उक्त कार्यक्रमका लागि गाउँपालिकाभरीका ९६ जना किसानले निवेदन दिएकोमा छनोट गरेर ७६ जना किसानलाई जनही एक थान डिजिटल तराजु वितरण गरिएको हो ।

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाउँदा किसानहरू खुसी भएका छन् । बैजनाथ २ का किसान दिनेश चौधरीले तराजु पाएपछि तौल गर्न सहज हुने जनाउँदै निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत अन्य कृषि यान्त्रीकरण पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

  • २९ जेष्ठ २०८३, शुक्रबार प्रकाशित

  • Nabintech