२५ जेष्ठ २०८२, शनिबार

मेयर (एल्बी ) रावतको सन्देश
  • न्युज मानसराेवर

कोहलपुर ।  ‘कुनै जादुको छडी हुदैन विकासको गति विस्तारै हुने हो ‘  यो भनाई कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी रावत)ले ९ औँ नगर सभाको समापन सभामा बोलेका हुन् ।

मेयर लुट बहादुर (एल्बी रावत)ले ९ औँ नगर सभामा सम्बोधनमा बोलेका शब्दका सारहरु संक्षितमा 
कोहलपुर क्षेत्रमा विकासका गतिविधि शुस्त रहेको र नगरपालिकामा भष्ट्र रहेको  तथ्यहीन विषयमा कुनै जवाफ दिन आवश्यक छैन ।  मेरो अनुभवमा कोहलपुर गाउँ विकास समितमा विकासका लागि न्यून बजेटको आकार हुन्थ्यो।  अब कोहलपुर नगरको बजेट १ अर्ब माथी पुगेको छ । संघिय लोकतन्त्रको पहिलो स्थानीय निकायको स्थानीय तहमा आउँदा यसलाई संरक्षण र विधि र नीति अनुरुप संचालन गर्न हामीलाई पनि गारो थियो अब आज ४ वर्ष पनि पुरा भएको छ । निर्वाचित भइ आउँदा अन्यौल थियो ।  कसरी काम गर्ने भन्ने चिन्तन थियो ।  स्थानीय तह संचालन कार्यविधि समेत थिएन ।  स्थानीय संचालन कार्यविधि निमार्ण गरेका छौँ भने २० वटा त कानून निमार्ण गरी नगरलाई चलाएमान बनाउन क्रियाशिल गरेका छौँ।

मलाई विश्वास छ अब आउने जो कोहीले पनि हामीले निमार्ण गरेका विधि र नीति हरुलाई अनुसरण गदै विकासका गतिविधिहरु संचालन गर्ने छन्  ।  यो भन्दै गर्दा विकास भएको छैन भन्ने होइन ।  हामी मूलभूत रुपमा शमशेरगंज ,रझेना ,कोहलपुर गाउँ विकास समितको मिलान पश्चात कोहलपुर नगरपालिका बनेको सबैलाई ज्ञात नै होला ।   हिजो ३ वटा स्वास्थ्य चौकी थिए ।  आज १५ वटा स्वास्थ्य इकाइ स्थापना गरिएका छन् ।  हिजो ३ वटा सेवा केन्द्र गाउँ विकास समित थिए।  आज १५ वटा वडामा भवनहरु निमार्ण कार्य कही सम्पन्न भएका छन् ‘ भने कही निमार्ण सम्पन्न हुने क्रममा छन् ।   यही हो सिहदबार गाउँ गाउँमा भनेको  ।  अब मूलभूत रुपमा विकासका गतिविधिहरु संञ्चालन नभएका होइन्  ।

तर विश्वमा फैलिएको कोभिड १९ का कारण   हामी पनि अछुत हुन सकेनौ ।   तर आज वस्ति वस्तिमा बाटो निमार्ण हुदै छ ।  अब हामी पश्चात आउने सदस्यहरुले बाटो कहा बनाउने भन्ने विषयमा व्यपाक छलफल गर्नु पर्ने देख्छु ।  किन कि उहाँहरलाई संरचना निमार्ण गर्नु पर्ने छैन ।  हामीले भन्न सक्नु पर्छ हामीले आफ्नो कार्यकालमा के के गर्यौ । नागरिकहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखेर हामीले दरबन्दी मार्फत डाक्टर ,नर्स राखेका छौँ  ।

मुख्य रुपमा नागरिकहरुको ज्यानको सुरक्षा लाई महत्व दिएका छौँ  । गदै गदै पनि ६४ जनाको मृत्यु भएको छ । उहाँहरु प्रति मेरो र नगरपालिकाको तर्फ बाट भावपूर्ण  श्रदानजली अर्पण गर्दछु ।  संक्रमण बाट मृत्यु हुने परिवारलाई ५० हजार राहतको व्यवस्था गरेका छौँ । ठुला आयोजना निमार्णका लागि कामहरु संचालन हुदै छन् । पर्यटन विकासका लागि भ्यू टावर नागरिकहरुको सेवा र कोहलपुरको गौरव  प्रदेश ५, ६ र ७ को नै ठुलो बसपार्क निमार्ण कार्य शुरु गरिएको छ ।  अब नागरिकहरु लाई लालपुर्जा वितरण कार्य पनि संचालन गर्ने भएका छौँ ।हामीले गरेका प्रतिवद्धताहरु पुरा हुने क्रममा छन् । पत्रकारहरुको पेशा गत सुरक्षा र उहाँहरु का लागि प्रोत्साहन स्वरुप संचार गृह ,संचारकर्मी  र पत्रकार सम्मान ,संचार ग्राम निमार्णमा  पहल गरेका छौ।

 

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech