१० मंसिर २०८१, सोमबार

शिक्षकहरुको क्षमता बिकास तालिम शुरु
  • लक्ष्मी प्रसाद शर्मा

बर्दिया ।  नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन अगाडि ल्याएको छ ।  २०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गरी  २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूरदृष्टि मा केन्द्रित रहेर २०७३ देखि २०८० सम्मका लागि  सरकारले  विद्यालय क्षेत्र सुधार कार्यक्रमको  योजना अगाडि ल्याइएको हो ।

कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिति कमजोर  रहेको छ ।  कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् ।

बिकट तथा बिपन्न समुदायमा रहेका विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गरिरहेको छ । तेसैकारण बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गर्न कठीनाइ भएको र शैक्षिक सामग्री र कक्षा कोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्यमान्यतालाई निरन्तरता दिएको देखिन्छ ।

लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई पद्धति लाइ अंगिकार गर्न परियोजना संचालन भएका बर्दिया जिल्लाका राजापुर नगरपालीका ५ बिधालय गेरुवा गाउपालीकाको २ बारबर्दिया नगरपालीकाको ५ र गुलरिया नगरपालीकाका ३ बिधालयका कक्षा शिक्षकहरुका लागी लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तलिम गुलरियामा र शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्र्दभ सामाग्री निर्माण र प्रयोग सम्बन्धी ४ दिने तालिम राजापुरमा सञ्चालन  गरिएको छ ।

तालिममा बिधालयहरुमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिपमा अभिवृद्घि भइ बिधालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइ कृयाकलापमा यसको प्रभाव तथा थप  सहयोग हुने  अपेक्षा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बारबर्दिया नगरपालीका , गुलरिया नगरपालीका ,राजापुर नगरपालीका र गेरुवा गाउपालीकाको समन्वयमा नगर क्षेत्रभित्र लन परियोजना संचालन भएको बिधालयका कक्षा शिक्षकहरुको सहभागीता रहेको छ ।

तालिम उद्धाटन सत्रमा बर्दिया जिल्ला गैसस महासंगका अध्यक्ष बिष्णु तिमल्सेनाले बिधालय शिक्षामा  तालिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने र बिकट समुदायमा रहेका बालबालीकाहरुको शैक्षिक गुणस्तरमा बृद्धि  ल्याउने विश्वास व्यक्त गरेका छन् ।

शिक्षकहरुका लागी लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम गुलरियामा १७ जना शिक्षक र राजापुर नगरपालीकामा संचालनमा रहेको शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्र्दभ सामाग्री निर्माण र प्रयोग सम्बन्धी तालिममा २० जना शिक्षकको सहभागीता जनाएका छन । यसै गरी   राजापुर नगरपालीकामा संचालनमा रहेको तालिममा राष्ट्रिय सेतो गुरासको प्रशिक्षक राधा मल्ल र गुलरियामा संचालन तालिमको  सहजिकरण हेमा सुनारले  गरेकि छन।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech