कोहलपुर। कोहलपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु भौतिक रुपमा संचालन गरे कारवाही गर्ने भएको छ । कोरोना भाईरसका कारण जारी निषेधज्ञामा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेले शैक्षिक संघसंस्थाहरु बन्द गर्ने निर्णय गरेको भए पनि कोहलपुर नगर भित्रका केहि विद्यालयहरु संचालनमा ल्याएपछि कोहलपुर नगरपालिका र संस्थागत विद्यालयहरुका छाता संगठन बिच छलफल गरि कारवाही गर्ने निर्णय गरिएको हो ।
छलफलमा कोहलपुर नगरपालिका क्षेत्र भित्र तत्काल विद्यालय, क्याम्पस तथा ट्युशन सेन्टरमा विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर शिक्षण सिकाइ क्रियाकलाप गर्न नपाइने बताइएको छ ।
मुख्य रुपमा छलफलबाट दुई वटा निर्णय गरिएको छ । नगरभित्र केहि विद्यालयहरुले भौतिक रुपमा कक्षा संचालन गरेकोमा अब भौतिक रुपमा विद्यार्थीहरुको उपस्थितिमा पुर्नः कक्षा संचालन गर्न नपाईने र यदि विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गरे कानून अनुसारको कारवाही गरिने निर्णय गरिएको बताइएको छ ।