कोहलपुर। कोहलपुर नगरपालिमा आज थप १८ जना कोरना संक्रमित फेला परेका छन । आज ८ जना पुरुष र १० जना महिलामा संक्रमण फेला परेको हो । यसै गरी आज ३ जना कोरना संक्रमण बाट मुक्त भएका छन । संक्रमण मुक्त मध्य १ जना पुरुष र २ जना महिला छन । कोहलपुरमा यो तथ्याक सगै संक्रमित संख्या ६५ पुगेको छ ।
पछिल्लो समय कोहलपुरमा कोरना संक्रमण फैलिरहेको छ । कारण कोरना परिक्षण पनि हो ‘कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले भने । ‘हामीले आफ्ना नागरिकहरुको स्वास्थ्य लाई मध्य नजर गर्दै निशुल्क पी.सी.आर परिक्षण गरिरहेका छौँ ‘अन्य स्थानीय तहहरुले गर्नु भएको छैन।’त्यसैले पनि संक्रमित संख्या देखा परिरहेको छ’ खनालले भनेका छन। आम नागरिक उत्तरदायित्व का रुपमा समाजिक दुरीको पालन सहित स्वास्थ्य मापदण्डको पालना र माक्स प्रयोग गर्न नगर स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।
नगर स्वास्थ्य कार्यालयले कोरना संक्रमित संख्या थप बृद्धि हुने अनुमान गरेको छ ‘ भने आम नगरबासीलाइ सावधानि र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गत आर्थिक वर्षको अत्य असार १० गते बाट कोहलपुरमा संक्रमित संख्यामा बृद्धि भइरहेको छ । संक्रमित संख्या १० मा झरहेको यो संख्या क्रमश बृद्धि दरमा छ । नगर स्वास्थ्य कार्यालयले हाल स्वास्थ्य समुह परिचालन गरी कोभिड १९ परिक्षण बढाएको छ भने वडा कार्यालय स्थित रहेका स्वास्थ्य संस्थामा आवद्ध स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई मनोपरामर्श सेवा दिइरहेका छन ।