६ बैशाख २०८१, बिहीबार

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । 

  • न्युज मानसराेवर

बाँके बैजनाथ — बाँकेमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज–१९ कारकादोकी १८ वर्षीया युवती र नेपालगन्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुषको उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज–१९ कारकादोकी १८ वर्षीया कोरोना संक्रमित ती युवतीको शुक्रबार राति ९स्३० बजे मेडिकल कलेज कोहलपुरमा र नेपालगन्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुषको शुक्रबार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

मृतक युवतीलाई कोभिड–१९ को शंका लागि असोज २८ गते स्वाब संकलन गरी परीक्षण गर्न दिएकोमा २९ गते आएको नतिजामा उनलाई कोरोना देखिएको थियो । कोरोना पुष्टि भएसँगै उनी असोज २९ गते राति १० बजे अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

त्यसैगरी, नेपालगन्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुषले कोभिड–१९ को आशंकामा असोज २४ गते स्वाब दिएका थिए । २५ गतेको पीसीआर जाँचको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी असोज २४ गते दिउँसो भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको र उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech