१६ चैत्र २०८०, शुक्रबार

लागू औषध ब्राउन सुगरसहित बाँकेबाट दुई पक्राउ

उदयपुरुवाबाट ४ ग्राम लागू औषध ब्राउन सुगरसहित नेपालगन्ज १८ का प्रदिप खटिकलाई पक्राउ गरेको हो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रहरीले आइतबार नेपालगन्जको विभिन्न ठाउँबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरुवाबाट ४ ग्राम लागू औषध ब्राउन सुगरसहित नेपालगन्ज १८ का प्रदिप खटिकलाई पक्राउ गरेको हो ।

सादा पोशाकमा रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक बमबहादुर रावलको कमान्डमा खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण व्यूरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले खटिकलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

त्यसैगरी, सिमा प्रहरी चौकी जयसपुरका प्रहरी नायव निरीक्षक मिनबहादुर बिष्टको कमान्डमा खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ वडा कार्यालय चोकबाट १४ ग्राम ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।

नेपालगन्ज १६ जयसपुरका बिलेदार खानको २१ बर्षिया छोरी निसा खानलाई भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित १६ नम्बर वडा कार्यालय चोकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech