१३ बैशाख २०८१, बिहीबार

एकैदिन सत्तरी जना डिस्चार्ज बाँकेबाट

बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको मृत्यु भईसकेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  एकैदिन थप ७० जना संक्रमित बाँकेबाट  कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । नेपालगञ्ज १ का २ बर्षीय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।

विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको मृत्यु भईसकेको छ ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech