१६ चैत्र २०८०, शुक्रबार

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण
  • न्युज मानसराेवर

४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस ९कोभिड १९ पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित हुन् ।

त्यस्तै, आज २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ । बुधबार २६ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech