१६ चैत्र २०८०, शुक्रबार

बर्दियाका दुई स्थानमा बीओपी स्थापना
  • रासस

बर्दिया \ जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट (पोष्ट बीओपी) स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शंकरपुर तथा वडा नम्बर १० को झप्टीमा बीओपी स्थापना गरिएको हो ।

शङ्करपुरस्थित बीओपी भवनको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति थियो ।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech