१४ बैशाख २०८१, शुक्रबार

छाङरु र तिंकरमा खाद्यान्न ढुवानी गरिँदै

सुदूरपश्चिम सरकारले व्यासको खाद्य सामग्री पुर्‍याउन ४५ लाख बजेट निकासा गरेको छ ।

  • मनोज बडू

दार्चुला — दसैं लागेसँगै व्यास गाउँपालिका–१ का छाङरु र तिंकर गाउँका स्थानीयका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको अनुदानको खाद्यान्न मंगलबारदेखि माउन्टेन एयरको हेलिकप्टरमार्फत ढुवानी थालिएको हो ।

सुदूरपश्चिम सरकारले व्यासको खाद्य सामग्री पुर्‍याउन ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको व्यास गाउँपालिकाले जनाएको छ ।  स्थानीयको मागका आधारमा छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्न लागिएको वडा सचिव विनोद तिंकरीले बताए ।

पहिलो चरणमा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री १ सय ८० क्विन्टल ढुवानी गरिने उनले जानकारी दिए । छाङरुमा १ सय १७ र तिंकर गाउँमा ७५ घरधुरीको बसोबास छ । यसअघि व्यासमा गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो । कान्तिपुर

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech