८ बैशाख २०८१, शनिबार

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण
  • न्युज मानसराेवर

काठमाडौँ — पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।

शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएका थिए । शनिबार साँझ आएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुकोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।ु

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech