१४ बैशाख २०८१, शुक्रबार

राप्तीनदीको कटान रोकथामको लागि पहल गर्दै स्थानीय सरकार

बाढीको कहरले कचनापुर क्षेत्रमात्र नभई पालिकाका वडा न.१, ३, ४, ५, ६ र ७ पनि उच्च जोखिममा रहेका छन् ।

  • न्युज मानसराेवर

राप्तीसोनारी बाँके \  बाँकेको राप्तीसोनारी गाउपालिकाले राप्ती नदीकटानको समाधानको लागि प्रयास थालेको छ । राप्तीनदीले वर्षेनी धार परिवर्तन गर्दै खेती योग्य जमिन कटानले वर्षेनी ठूलो धनजनको क्षती पुराउदै आएपछि प्रभावित स्थानमा तटबन्धको लागि पहल सुरु गरेको छ ।

गाउपालिकाको बीचबाट पूर्वपश्चिम भएर बग्ने राप्ती नदी पालिकाको प्राकृतिक स्रोत र सम्पत्ति पनि हो । तर यसले हरेक वर्ष राप्ती किनारका सयौ बिगाह खेतीयोग्य जमिन कटान, पटान र डुवान गर्दै बस्ति नै बिचल्लीमा पार्दै आएको छ ।

राप्ती नदीले बाँकेको राप्तीसोनारी गाँउपालिकाको बडाहरुमा वडा नं। १, २, ३, ४, ५, ६ र ७ लाई प्रभावित बनाएको छ । राप्ती नदीको कटानबाट सबैभन्दा बढी वडा नं। २ र ६ प्रभावित भएका छन । राप्तीसोनारी गाउपालिकाको कचनापुर क्षेत्रमा राप्ती नदीले धार परिवर्तन गरेर जग्गा कटान गरेपछि आफुहरुको बिचल्ली भएको स्थानीय अमरबहादुर ओलीले गुनासो गरे । राप्ती नदिको छेउमा भएको कचनापुरका ओलीले १० कठ्ठा जमिनमा लगाएको धानले पसाउने बेला हँुदैगर्दा भदौमा आएको बाढीले कटान गरेर ५ कठ्ठाको धान बगाएको बताए । उनको मात्रै होईन कचनापुर कै खड्क बहादुर खड्काको जग्गा पनि नदीको धार गाउँतिर सोझिएपछि कटान भई बगेको छ । खड्काको सम्पतिको नाममा रहेको साढे ५ कठ्ठा जग्गा पनि नदीले बगाए पछि अहिले सामुदायिक बनमा सुकुम्वासी भएर बस्नु परेको गुनासो गरे ।

यसवर्षको भदौको दोेस्रो साताबाट सुरुभएको विनाशको यो श्रृङखला तीन साताको अन्तरालमा कचनापुर क्षेत्रमा करीब सय बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएर कटान तीब्र पारेको । नदीको धार गाउँतिर सोझिदा सम्पूर्ण बस्ती डुबानको जोखिममा परेपछि त्यहाँबाट १६ घरपरिवार विस्थापित भएको र, अहिले उनीहरु त्यहाँको सामुदायिक बनमा आश्रय लिएर बसीरहेको राप्ती सोनारी गाउपालिका वडा नं। २ का वडा अध्यक्ष मदन वली जानकारी दिए ।

उनले नदी कटान तथा रोकथामको लागि वडातहबाट हुनसक्ने स–साना काम बाहेक जोखिममा परेका बस्ती तथा परिवारको व्यवस्थापन गर्दै आएको बताउदै भने–‘वडा तहबाट गर्नसक्ने पहल सबै गरेका छौ हाम्रो पहलले मात्र संभव छैन त्यसैले केन्द्र र प्रदेशले पनि ठोस योजना बनाउन आवश्यक रहेको छ ।’

गाउपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीनदीमा आउने बाढीबाट हुदै आएको क्षति रोकथाम एक्लै गाउपालिकाबाट मात्र संभव नभएपछि ठूलो योजना ल्याउनको पहल गरी समस्या समाधान गरिनु पर्ने धारणा छ ।

राप्ती नदीमा आउने बाढीको कहरले कचनापुर क्षेत्रमात्र नभई पालिकाका वडा न.१, ३, ४, ५, ६ र ७ पनि उच्च जोखिममा रहेका छन् । गाँउपालिकाले कचनापुर क्षेत्रमा मात्र नदीको कटानबाट जोगाउने प्रयास स्वरुप २५ लाख खर्च गरेर तटबन्ध पनि गर्यो । तर, त्यो अपुग भएको स्थानीय बासिन्दा तथा पूर्व मन्त्री प्रेमबहादुर भण्डारी बताउछन् ।

राप्तीनदीले हरेक वर्ष धार परिवर्तन गर्दा राप्ती नदी किनारका बस्ती जोखिममा पर्ने मात्र नभएर खेतीयोग्य जमिन हरेक वर्ष बगरमा परिणत हुँदै गएको छ । यसको दिर्घकालिन समस्या समाधानको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार सबैले ठोस योजना बनाएर कार्यान्वयनमा जानुको विकल्प नभएको पूर्व मन्त्री भण्डारीको सुझाव छ ।

गाउपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती नदीको कटानबाट पीडित जनताले नजिकको सरकारलाई आफ्नो समस्या लिएर दैनिक आउने गरेको र आफुहरुले आफ्नो शक्ति र साधन स्रोतले भ्याएसम्म समाधानको प्रयत्न गर्ने कोशिस गरेको बताउछन ।

राप्ती नदीको कहरका कारण कचनापुर क्षेत्रको पुरानो बस्तिमा नदी बगेको छ । नदीकटानबाट जोगाउनका लागि योजना तयार गरी कार्यान्वयनको लागि सबैले पहल आवश्यक रहेको र राप्तीको कहरबाट जोगाउन पालिकाको सबै बजेट सके पनि राप्ती नदी कटान रोक्नका लागि सम्भव नभएपछि संघ प्रदेशमा योजना माग गर्दै डेलिगेशन गएर फर्केका बताए ।

उनले भने–‘हाम्रो बजेट सबै हाले पनि संभव नभएपछि जनताको तटबन्धमा समस्या लिएर गएका छौ उहाँहरु सकारात्मक हुनुहुन्छ । आशा गरौ समस्याको समाधान हुने छ ।’ तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ डिभिजन नं। ६ सहित प्रदेश र संघमा पनि यसका लागि पहल गरिएको छ । पालिकामा तटबन्धका लागि मात्रै ७८ लाख बजेट विनियोजन गरेर तत्कालको लागि रोकथाम गर्ने पहल गरिएको छ ।

राप्ती नदीले बाँकेको ठूलो भुभाग ओगटेको छ । राप्तीनदीमा भारतले सीमा क्षेत्रको लक्ष्मणपुरमा बाँध बाँधेपछि नेपाली भुभाग डुवान तथा कटनाको चपेटामा पर्दै आएको छ । प्राृतिक रुपले बग्न नपाउदा राप्ती नदीले हरेक वर्ष बहावको धार परिवर्तन गरेर सयौं विगाह खेतीयोग्य जमिन बगर बनाउदै आएकोमा सरोकारवाला निकायले यसको दिर्घकालिन रोकथामको लागि प्रयास गर्द आवश्यक देखिएको छ । साभार

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech