२२ बैशाख २०८१, शनिबार

२२ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ \बाँके प्रहरीले २२ ग्राम लागू औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक सहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश टोलीले नेपालगञ्ज–१३ किसान ईटाभट्टा नजिकबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँट ईन्चार्ज तथा प्रहरी निरिक्षक हृदेश सापकोटाले दिएको जानकारी अनुसार २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी, १८ वर्षिय जोगेन्द्र सोनी प्रहरी नियन्त्रणमा परेका हुन ।

यसैगरी खजुरा गाउपालिका–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगञ्ज–२ का सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसंन्धान अनुसार थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको जनाईएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech