२२ मंसिर २०८१, शनिबार

कहिले बन्लान ? नेपालगन्जका यी अधुरा योजना

चक्रपथदेखि कान्तिताल सुधार हुँदै सभागृह र घण्टाघर समेत अलपत्र, विश्वविद्यालय र औद्योगिक राजधानीको परिकल्पना

  • न्युज मानसराेवर

बाँके बैजनाथ \स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ ९रिङरोड० निर्माणको योजनालाई पुर्णता दिने आश्वासन दिएका थिए । सोही अनुरुप नेपालगन्जबासीले चक्रपथ योजनालाई आफ्नो ‘ढुकढुकी’ बनाईसकेका थिए। तर, चक्रपथ निर्माण कार्य सम्पन्न योजना टरिसकेको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको परिकल्पनामा अगाडि सारिएको उक्त चक्रपथ निर्माण कार्य तत्कालका लागि नबन्ने निश्चितजस्तै देखिएको छ। करिब पाँच वर्षअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर ९राँझा०देखी सिक्टा सिचाई आयोजनाको पूर्वी नहर हुँदै स्थानीय महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिम क्षेत्रको चौलिका चोकदेखी जानकी गाउँपालिकाको ईन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोडिने गरी चक्रपथको सर्बे गरिएको थियो। सर्वेका क्रममा चक्रपथ कुल २३ दशमलव ८ सय ६० किलोमिटर लामो हुने बताइएको थियो।

नेपालगन्जको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न तथा आर्कषक नगरका रुपमा रुपान्तर गर्ने उद्देश्य सहित उक्त चक्रपथलाई ‘कुभु बोध मार्ग’ नाम दिएर योजना अगाडी बढाइएको थियो। सोही अनुसार सरकारले पनि चक्रपथका लागी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको थियो। कोइरालाको निधन भईसकेपछि केन्द्रसँग बलियो पहुँच नपुग्दा योजना अधुरो रहेको सम्बद्ध स्रोतले जनाएको छ।

चक्रपथ निर्माणको योजना अलपत्र पर्नु नेपालगन्जबासीका लागी यो ठुलो दुर्भाग्य हो। चक्रपथ निर्माण हुने भएपछि ऐतिहासिक शहर नेपालगन्जको मुहार फेरिने आशा गरेका स्थानीय बासिन्दा निराश बनेका छन्। योसँगै नेपालगन्ज उद्योग बाणिज्य संघले बहुउद्देश्यीय सभा हल निर्माण गर्ने योजना अघि सारेको थियो । कारकाँदोमा घण्टाघर निर्माण गर्ने महाअभियान पनि अघि सरको थियो । यी सबे योजना कागत र बोलीमै सिमित रहेका छन् ।

प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालयको अवधारणा अनुसार नेपालगञ्ज विश्वविद्यालय स्थापना, ड्राई पोर्टको निर्माण, नेपालगन्ज मा ग्रीड टाईड सोलर सिस्टमको पाईलट प्रोजेक्ट लागू, भेरी अस्पताल लाई टिचिङ कलेजको रुपमा प्रयोग गर्ने गरी सरकारी मेडिकल कलेजको लागि केन्द्र सरकारसंग माग प्रक्रिया, राप्ती नदिवाट खानेपानीको प्रोजेक्टरलाई प्राथमिकता, सिक्टा सिचाई आयोजना संचालन को आवश्यक मरम्मत गरी यथाशीघ्र संचालनको लागि दबाब, नेपालगञ्जमा औधोगिक लगानीको बाताबरण बनाउन सरकारलाई कर छुट लगायत बिभिन्न सहुलियतको लागि दबाब दिने, बिदुत अनियमितता लगायत भ्रस्टाचार नियन्त्रणमामा बिशेष पहल गर्ने यी लगायतका बिभिन्न आयोजनाहरुको साझा रुपमा छनौट गरि नेपालगञ्जको अस्तित्व बचाउन यसअघि विविध योजना बनाइएका थिए । तर, अहिले पनि यी मध्ये सत्प्रतिशत योजना अधुरा अपुरा र अलपत्रै अवस्थामा रहेका छन् ।

अझै हामी नेपालगन्ज औद्योगिक राजधानीको कल्पना गरिरहेका छौ । संरक्षण गर्ने सरकारको योजना अधुरो हुँदा जिल्लाकै ठूलो क्षेत्रफलमा फैलिएको कान्ति ताल जीर्ण अवस्थामा रहेको छ । संरक्षणका लागी तयार पारिएको योजना समयमा लागु नहुँदा ताल जीर्ण बनेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २७ र २८ मा अवस्थित उक्त तालको संरक्षण र विकासमा सरोकारवालाले ध्यान नदिदा झार, लेउ उम्रिएर ताल कुरुप बन्दै गएकोे छ । योजना बनाउँने बजेट विनियोजन गर्ने र सक्काउँने नियतिले अहिले यी योजनाले सफलता पाउलान र नेपालगन्ज औद्योगिक राजधानी होला आम नागरिकमा यतिबेला प्रश्न उब्जिएको छ ।ई-सेतोखरी

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech