१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित मनोज गजुरेलको आईसियूमा उपचार हुँदै, अवस्था गम्भीर
  • न्युज मानसराेवर

काठमाडौ । दशैंको दिन ९कात्तिक १० गते० कोरोना भाइरस पुष्टि भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था विग्रदै गएको छ । उनको स्वास्थ्य अवस्था गम्भिर भएकाले आइसियुमा राखेर उपचार सुरु गरिएको छ ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा सुधार आएको छैन । थप समस्या भएपछि उनलाई आइसियुमा राखिएको छ ।

स्वास्थ्य अवस्था विग्रदै गएका कारण थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले गजुरेलको स्वास्थ्यमा अवस्था गम्भिर भएकाले आइसियुमा सारिएको बताएका छन् । कोरोना पुष्टि भएपछि उनी केही दिन घरमै आइसोलेसनमा बसेका थिए ।

आचार्यका अनुसा बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो। कोरोना पुष्टि भएपछि गजुरेलले फेसबुक मार्फत जानकारी गराएका थिए । गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

 

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech