नेपाल सानो देश होइन । यो एउटा सानो संसार हो । छिमेकी राष्ट्रहरूलाई विशाल देख्ने र नेपाललाई सानो देख्ने तथा सधैं सानो छ भन्ने मानसिकता बोकेका नेपालीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले— ‘नेपाली नहुनुको अन्धता’ भनी व्याख्या गरेका छन् । लिम्पियाधुरासमेत जोडेर कायम भएको एक लाख सत्चालीस हजार पाँचसय सोह्र वर्ग किलोमिटर ९१,४७,५१६ वर्ग किमि क्षेत्रफलभित्र तराई–मधेसबाट उठेर, विश्वको सर्वोच्च भूमिसमेत कायम गरेको पहाड–पर्वत र भोट प्रदेशको भूस्वरूपले निर्माण गरेको तेस्रो आयाम ९उँचाइ० को भूगोल समेटिँदैन ।
किन, कसैले वर्ग किलोमिटरमा नभई घन किलोमिटरमा नेपालको आयतन नाप्दैनन् रु हाम्रो त्यही तेस्रो आयामले गर्दा यहाँको पानीमा शक्ति पलाउँछ र हाम्रो पानी जलशक्तिमा परिणत हुन्छ । ८३ हजार मेगावाट विद्युत्को सामर्थ्यले पनि लघुताभासको अँध्यारोलाई हटाउन नसक्नु नेपाली नहुनुको अर्को अन्धता हो ।
सिंगो पृथ्वीको सबै जलवायु (उष्ण, उपउष्ण, शीतोष्ण, उपलेकाली, उच्चलेकाली एवं हिमाञ्छादित ध्रुवीय हावापानी र शुष्क मरुभूमि) भएको भुईंदेखि छानासम्मको झन्डै ९ किलोमिटर अग्लो पाँचतले घर र त्यसको उत्तरी बार्दली सहितको सिंगो भवनको सोच ९शनिबारको कान्तिपुर, २४ जेठ २०७७० बिर्सेर भुइँले चर्चेको क्षेत्रफल ९१,४७,५१६ वर्ग किलोमिटर० मात्र नापेर नेपाललाई सानो देश भनिरहनु निश्चय पनि नेपाली नहुनुको अन्धता हो । नेपालको विशालता यहाँको जैविक विविधता, कृषि विविधता एवं सांस्कृतिक विविधतामा अझ प्रस्ट झल्किन्छ ।
यस लेखमा हामी मात्र वृक्ष विविधताको विशालतातिर लाग्छौं । चीन क्षेत्रफलको हिसाबले ९५ लाख ९६ हजार ९६० वर्ग किमि फैलिएको छ र त्यहाँ फूल फुल्ने वनस्पतिको लगत लगभग ३० हजार देखिन्छ । हाम्रो वनस्पति लगतले ६ हजार विभिन्न प्रजातिका फूल फूल्ने बिरुवा कायम हुन आउँछ । क्षेत्रफलको हिसाबमा नेपालभन्दा ६५ गुणा ठूलो राष्ट्रमा पुष्पसम्पदा भने नेपालमा भन्दा लगभग ५ गुणाले मात्र धेरै छ, ६५ गुणाले होइन ।
भारतसँग तुलना गर्यौं भने क्षेत्रफलको हिसाबमा झन्डै २३ गुणा ठूलो ९३२,८७,२६३ वर्ग किलोमिटर० राष्ट्रको पुष्पधन ९१८ हजार फूल फूल्ने प्रजाति० नेपालको भन्दा ३ गुणाले मात्र बढी देखिन्छ, २३ गुणाले होइन । नेपालको त्यही वनस्पति सम्पदाभित्र वृक्ष विविधताको चर्चामा यो लेख केन्द्रित गरिन्छ ।
वृक्ष के हो र रैथाने वृक्ष के हुन् भन्ने कुरा १० साउन २०७७ को कान्तिपुरमा प्रकाश पार्ने काम भएको थियो । वृक्ष वा वनका बारेमा सोच्यौं भने हाम्रो नेपालमा लगभग ८०० विभिन्न प्रजातिका रूख भेट्छौं । मधेस–तराईतिरका ४०० मिटरभन्दा तल पर्ने उष्ण प्रदेशीय साल ९सखुवा० का रूखदेखि वृक्ष रेखा ९४००० मिटर० लाई अंकित गर्ने शीतोष्ण प्रदेशीय भोजपत्र ९भुजपत्र० का वृक्षसम्मको कथा बुन्न सकिन्छ ।
वृक्ष भनेपछि हामी वनलाई सम्झन्छौं तर वन भनेको वृक्ष मात्र होइन । त्यस्तै वृक्ष भनेको काठपात र काष्ठ पदार्थ मात्र होइन र काठ भनेको दलिन, दाउरा र सतरी मात्र होइन । दाउरा भनेको बल्ने र बाल्ने पदार्थ मात्र पनि होइन । वन, वृक्ष, काठ, दाउरा आदि सबैको आ–आफ्नै प्रकृति हुन्छ, स्वभाव हुन्छ, गुण हुन्छ । सबैको सबैसँग अटुट सम्बन्ध पनि हुन्छ ।
प्रकृतिको सम्बन्धले तिनलाई एक प्रणालीभित्र गाँसेको हुन्छ, बाँधेको हुन्छ । समय, परिस्थिति र स्थानविशेषको वातावरणअनुसार, विभिन्न प्रकारका वन र विभिन्न प्रकारका वृक्षको स्थापना हुन्छ । कहीं सालघारी त कहीं खयर—सिसौ, कहीं चिलौने— कटुस त कहीं सल्लाघारी, कहीं गुराँस त कहीं धुपी, कहीं देवदार त कहीं अर्खौलो आदि इत्यादि । वन र वृक्षको विशेषता हेरेर हामी तिनलाई वर्गीकरण गर्न खोज्दछौं । हामी आफ्नो बुझाइको सुविधा हेरेर वनको वर्गीकरण गर्छौं । तर, प्रकृति र प्रकृति प्रदत्त वस्तुहरूको सम्बन्धमा कित्ताकाट हुने गरी वर्गीकरण हुन सक्तैन ।
अधिकांश वनरवनस्पति विशेषज्ञहरू वृक्षकै नाममा वनको वर्गीकरण गर्छन् । जस्तै स् सालको वन, उत्तिसको वन, देवदारको वन आदि । वनका विशेषज्ञहरू काठको गुण अनुसार सारो काठवाला वन ‘हाई उड फरेस्ट’ र नरम काठ वाला वन ‘सफ्ट उड फरेस्ट’ भन्न रुचाउँछन् । साल, सिसौ, चिलौने, कटुस, गुराँस सारो काठ हुने वर्गमा पर्छन् भने सल्ला, धुपी र देवदार नरम खालमा पर्न आउँछन् । केही विशेषज्ञहरू वनलाई तिनको हरियालीको आधारमा पतझड वन ९जस्तै खयर–सिसौ, सिमल, लहरे पीपल० तथा सदावहार वन ९धुपी, चिलौने, कटुस, गुराँस० भनेर छुट्याउन चाहन्छन् । त्यस्तै हावापानीअनुसार, वनको प्रकार छुट्याउँदा लेकाली वन, उष्ण प्रदेशीय वन, समशीतोष्ण वन आदि नामकरण कायम हुन्छ ।
हामीले हाम्रो वनलाई भूगोलको आधारमा तराई वन, चुरे वन, पहाडी वन, हिमाली वन पनि भन्न नमिल्ने होइन । त्यस्तै व्यवस्थापनको आधारमा सरकारी वन, संरक्षित वन, निजी वन, सामुदायिक वन, कबुलियती वन, धार्मिक वन पनि भन्ने मान्यता रहिआएको छ । तर, वनको व्याख्या गर्दा वृक्षलाई केन्द्रमा राखेर वर्गीकरण गर्नु उत्तम हुन्छ ।नेपालको वन र वृक्षमा विशेष अन्वेषण गरेर लेखिएको नेपालका वन ९‘फरेस्ट्स् अफ नेपाल’० पुस्तक ९सन् १९७२० मा एडम स्टेन्टनले ३५ प्रकारका वन उल्लेख गरेका छन् ।
सन् २००२ मा वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत अनाम लेखकीयमा प्रकाशित नेपालका वन र उद्भिदका प्रकारहरू ९‘फरेस्ट एन्ड भिजिटेसन टाइप्स् अफ नेपाल’० तयार गर्ने क्रममा ४० प्रकारका वनहरूको उल्लेख छ । उक्त पुस्तकको प्रमुख अनाम लेखक यही पंक्तिकार थियो । हालै वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीको ‘वन हाम्रो धन’ भन्ने एक लेखमा ९नागरिक दैनिक ६ असार, २०७७० नेपालको कुल भूभागको ४४।७४ प्रतिशत ९करिब ६६ लाख हेक्टर० वन क्षेत्र भएको र त्यसभित्र २ अर्ब ५६ करोड ३३ लाख रूखको संख्या रहेको जानकारी सार्वजनिक भएको छ । उक्त मन्त्रालयअन्तर्गतको वनस्पति विभागको संयोजनमा निर्माणाधीन ‘ल्फोरा अफ नेपाल’ का सम्पादक मण्डलका प्राध्यापक डा। कृष्णकुमार श्रेष्ठका अनुसार नेपालमा लगभग ८०० विभिन्न प्रजातिका वृक्षको अनुमान गरिएको छ ।
तीमध्ये सबैभन्दा दुर्लभ वृक्ष प्रदेश नम्बर–१ को पीपलपाते ‘टेट्रासेन्ट्रन साइनेन्स’ तथा गुन्सीं ‘पोडोकार्पस निरिफोलिया’ लाई लिन सकिन्छ । अर्को दुर्लभ वृक्ष डोल्पा जिल्लाको उपल्लो भेरी नदीको आसपासमा फस्टाएको जैतुनको वृक्ष तथा जाजरकोटको विशेष पैयुँ ‘प्रुनस जाजरकोटन्सिस’ उल्लेख गर्न सकिन्छ ।
वैज्ञानिक जगत्मा सर्वप्रथम नेपालमा भेट्टाइएको उत्तिसको रूख सर्वाधिक क्षेत्रमा फैलिएको अति सामान्य वृक्ष हो । वैज्ञानिक भाषामा ‘अल्नस नेपालेन्सिस्’ भनिए तापनि यो वृक्ष सम्पूर्ण हिमालय क्षेत्र नेपाल, भारत, भुटान, चीन एवं म्यानमार, क्याम्बोडिया, लाओस र भियतनामसम्म प्राकृतिक रूपमा फैलिएको छ । त्यसका अतिरिक्त यो बिरुवा समुद्र सतहबाट ५०० मिटर उच्च उष्ण क्षेत्रदेखि २,६०० मिटरको उचाइको शीतोष्ण क्षेत्रसम्मै फैलँदै पुग्दछ । यसरी उचाइको हिसाबले पनि २१०० मिटरसम्म अविच्छिन्न फैलने अरू वृक्ष वा वनस्पति विरलै भेटिन्छन् । भौगोलिक व्यापकतामा उत्तिसलाई अरूले भेट्दैन । हाम्रा वृक्षहरूमा सबैभन्दा अग्लो कद भेट्न र सबैभन्दा मोटो गोलाइ कायम गर्ने कीर्तिमान खोज्न देवदारतिर दृष्टि लगाउनुपर्छ ।
यो वृक्ष भूकम्पले ढलेको हाम्रो धरहरा ९५९।२९ मिटर० भन्दा अग्लो ७५र७६ मिटरसम्मको कद र गोलाइ पनि १३र१४ मिटर हुने कुरा भारतीय वन विशेषज्ञहरूको ठम्याइ छ । देवदारको वन कर्णाली क्षेत्रमा पाइने र सन् १९२१ ताका ९९९ वर्षपहिले० त्यहाँको काठ पन्जाबी ठेकेदारहरूले कटानी गरी कर्णाली नदीमा बगाएर कतर्निया घाटमा टिपेर भारतीय रेलवे लिगको पटरी बनाउन प्रयोग भएको वर्णन अंग्रेजी वन विशेषज्ञहरूले आफ्ना लेखाइमा गरेका छन् ९कोलियर सन् १९२१, लैम्बर्ट सन् १९२४० ।
नेपालको सबैभन्दा अग्लो रूखको कीर्तिमान पहिचान र स्थापना गर्ने चुनौती हाम्रा वन तथा वनस्पति विज्ञमाझ अझै खडा छ । नेपालको राष्ट्रिय वृक्ष ९फूल० को रूपमा भने लालीगुराँस ‘रोडोडेन्ड्रन आर्बोरियम’ २०१९ सालदेखि नै स्थापित छ । यस वृक्षको भौगोलिक व्यापकता नेपालका अतिरिक्त पश्चिममा पाकिस्तानको काश्मिरसम्म र पूर्वमा दक्षिणी तिब्बत ९चीन०, आसाम ९भारत० र म्यानमारसम्म फैलिएको छ । तर, राष्ट्रिय फूलको पगरी भने नेपालले मात्रै पहिराइदिएको छ यसलाई ।
उष्ण प्रदेशका वृक्ष
‘वन हाम्रो धन’ भन्नुको सर्वोपरि श्रेय साल वा सखुवाको रूखलाई जान्छ । अंग्रेज सरकारको शासनकालदेखि नै भारतमा रेलको पटरी बिछ्याउनेदेखि घरका झ्याल–ढोका एवं मेच, टेबल, पलङ र अनेकौं साजवाज बनाउन मुख्यतया सालको काठ प्रयोग हुन्थ्यो । सालकै निकासी व्यापारले राणाकालीन सरकार र शक्तिलाई पोस्ने काम हुन्थ्यो । विशुद्ध सालको ९चोखो० वन तथा साल प्रधान अन्य वनहरू मौलाउने वातावरणभित्र नेपालको सम्पूर्ण तराई, मधेस, चुरे एवं विभिन्न पर्वतीय बेंसी र टारहरू पर्न आउँछन् ।
मधेस र तराईका यस्तो क्षेत्रले नेपालको १७।९ प्रतिशत भूभाग र चुरे, पहाडी बेंसी र टारहरूले पनि झन्डै उत्तिकै क्षेत्र १७।७ प्रतिशत ओगट्न पुग्छन् । त्यस अर्थमा≤ सालका वृक्षले प्रभुत्व जमाउने ‘साल राज्य’ ले नेपालको ३५ प्रतिशतभन्दा धेरै भूमि ओगट्छ । त्यस राज्यमा सालको एकलौटे वनका अतिरिक्त अरू वृक्ष सम्मिलित मिश्रित वनहरू ९हर्रा, वर्रा, चाँप, जामुनो, कुम्भी, कर्मा, बोट धँगेरो, टाँटरी, सिमल, पलाँस, कुसुम, दवदवे, टुनी, लाम्पाते आदि० ठाउँअनुसार स्थापित हुन्छन् । नदी–नालाले छोडेका बगर र टार एवं सिमसार क्षेत्रमा खयर–सिसौको वन, बाँझी, टुनी, जामुनो र लाम्पातेका वनलगायत विभिन्न थरीका मिश्रित वन मौलाउँछन् । नेपालको पूर्वी तराईतिरका सालको वनभित्र टाँटरी ९अगाई० अधिक पाइन्छ भने पश्चिमी तराईमा त्यसलाई ठूलो टाँटरी ९रामफल० ले विस्थापित गर्दछ । हाम्रो बहुमूल्य विजय साल पनि पश्चिमी तराईकै सम्पदा हो । त्यो पूर्वमा पाइँदैन ।
समग्रमा विचार गर्दा सालका वृक्ष र त्यसले निर्माण गरेका विभिन्न वन क्षेत्रभित्र लगभग १२५ विभिन्न अन्य वृक्ष प्रजातिको उपस्थिति रहेको हुन्छ । यस वृक्ष विविधताभित्र अरू गैरकाष्ठ जडीबुटी, बाँस, घाँस तथा वन्य पशुपन्छीको अद्वितीय प्राकृतिक धन वर्तमान नेपालको वास्तविकताभन्दा बढी ऐतिहासिक कथ्यको रूपमा स्थापित छ ।
सर्वप्रथम नेपाल आएका ९सन् १७९३० एक अंग्रेज प्रतिनिधि, कर्णेल कर्क पाट्रिक आफ्नो नेपाल भ्रमणको संस्मरणमा लेख्छन्— ‘नेपाल सरकारको ठूलो आम्दानी तराईको काठका अतिरिक्त जंगली हात्तीको बेचबिखनबाट पनि उत्तिकै हुन्थ्यो ।’ स्थानीय प्रशासकको कथन उद्धृत गर्दै उनी लेख्छन्– ‘चितवनको सोमेश्वरदेखि कोसीसम्मको वन क्षेत्रबाट प्रत्येक वर्ष दुई–तीन सय हात्ती ९किशोर अवस्थाका निकासीका लागि पासो थापेर समातिन्थ्यो ।’ संघीय नेपालको वर्तमान त्यो क्षेत्रमा २२५ वर्षपहिले कति घना वन थियो होला भन्ने अनुमान गर्न गाह्रो छैन । बारा निजगढको विमानस्थल निर्माण गर्ने प्रस्तावित क्षेत्रको वनको महत्त्व अहिले पनि टड्कारो छ । उक्त वनलाई विनाश गर्नु भनेको कर्क पाट्रिकले वर्णन गरेको घना कपाल सबै मुण्डन गरेर शिरमा बाँकी रहेको टुप्पी पनि उखेल्नु जत्तिकै हो ।
नेपालको उष्ण हावापानीलाई प्रतिनिधित्व गर्ने वृक्षको रूपमा मात्र होइन सिद्धार्थ गौतमको जन्मलाई सुरक्षा दिने वृक्षको रूपमा पनि हामी साललाई सम्झन्छौं । त्यस्तै बुद्धको परिनिर्वाणलाई भारतको कुशीनगरमा छहारी दिने वृक्षको रूपमा पनि हामी साललाई स्मरण गर्दछौं ।
उपउष्ण प्रदेशका वृक्ष
नेपालमा सालको वृक्ष समूह सतहभन्दा १००० मिटरभन्दा उँभो लाग्न सक्दैन । कालीगण्डकीदेखि पूर्वतिर मेची नदीसम्म चिलौने र कटुसले साललाई उछिन्छन् । चिलौनेको रूख राम्रो हुर्कन पायो भने २० मिटर जति अग्लो हुन्छ । यसको बोक्रा बाक्लो हुन्छ र त्यसको भित्री भागमा विशेष प्रकारको झुस ९काउसो० हुने भएकाले त्यसले मानिसको जीउ चिलाउन थाल्छ । यो चिया परिवारको वनस्पति हो । यसको फूल चियाको फूलजस्तै सेतो र सुन्दर हुन्छ । तर चिलौनेको चिया बन्दैन । यसका पात र मुना गाईबाख्राले पनि खासै खाँदैनन् । तसर्थ चिलौनेको मुख्य प्रयोग काठ–दाउराको लागि मात्र हो । चिलौनेको वनमा डाले कटुस अधिक मात्रामा हुन्छ । साथमा मुसुरे कटुस पनि मिसिएको हुन्छ । चिलौने र कटुसको वनमा गुराँस, अँगेरी, हिंगुवा, पैयुँ, काफल, लाँकुरी, पुवाँले आदि विभिन्न १४० प्रजातिका वृक्षहरू भेटिन्छन् । जैविक विविधताको दृष्टिले ज्यादै महत्त्वपूर्ण चिलौने–कटुसको सदावहार वन क्षेत्र मानिसको बसोबासका लागि पनि उपयुक्त भएकाले विशुद्ध खालको यस्तो प्राकृतिक वन भेट्टाउन गाह्रो छ । पहाडी मानिसको बसोबास र खेती किसानीको उपयुक्त वातावरण भएको क्षेत्र हुनाका कारण यसप्रकारको वन मानव अतिक्रमणको चपेटामा परी नै हाल्छ ।
कालीगण्डकी भन्दा पश्चिमको उपउष्ण क्षेत्रमा चिलौनेको बदलामा सल्लाको वन फस्टाउँछ । सल्लाको रूख पनि २०–३० मिटर अग्लो हुन्छ र यसको वनभित्र अरू धेरै रूख–बिरुवा फस्टाउने अवस्था हुँदैन । खोटोको मुख्य स्रोत मानिने खोटे सल्ला गाउँघरमा राँको बाल्नसमेत प्रयोग गरिन्छ । उपउष्ण क्षेत्रमा वृक्षरोपण गर्नुपर्दा यही वृक्ष सबैभन्दा लोकप्रिय र सफल पनि मानिन्छ । कालीगण्डकी भन्दा पूर्वी क्षेत्रमा चिलौनेको वन विनाश भएपछि सल्लाको वन दक्षिणी मोहडाको पाखोमा तुरुन्तै फस्टाउने गर्छ । काठमाडौंलगायत पूर्वका खोटे सल्लाका वन वास्तवमा चिलौने–कटुसको वन विनाशपछि मानिसले रोपेका तथा अरू कारणवश अतिक्रमण भई फस्टाएका हुन् । सल्लाका यस्ता वन कालान्तरमा पुनः चिलौने र उत्तिसको वनमा नै परिणत हुने देखिन्छ ।
शीतोष्ण प्रदेशका वृक्ष
बोट वृक्षहरू पहाड उक्लने क्रममा चिलौने, कटुस एवं खोटे सल्लाको प्रचुरता बिलाएपछि २००० मिटरको उँचाइबाट ३००० मिटरसम्मको क्षेत्रलाई हामी शीतोष्ण जलवायुको क्षेत्र भन्छौं । भूमि सम्पदा नक्सांकन कार्यक्रम ९एलआरएमपी० अनुसार मध्यपर्वतीय क्षेत्र नाम दिइएको यस खण्डको नेपालले २९।५ प्रतिशत भूभाग ओगट्छ । विविध प्रकारका वनको दृष्टिले १९ प्रकारका सामान्य वन र नदीनालाका छेउमा फस्टाउने अरू चार प्रकारका विशेष वनसमेत गरी २१ प्रकारका वन र त्यसभित्र सम्पूर्ण नेपालमा पाइने वृक्ष प्रजातिको ५० प्रतिशत सम्पदा यस भूक्षेत्रमा पाइने अनुमान छ ।
मानव र प्रकृतिबीचको द्वन्द्व तथा अन्तरद्वन्द्व यस क्षेत्रमा पनि अधिक पर्न थालेको छ । प्राकृतिक स्वरूपको बदलिंदो अनुहार पनि यही क्षेत्रमा अधिक साकार हुने गरेको छ । महाकाली, कर्णाली, गण्डकी, वाग्मती, अरुण एवं तमोर, कोसीका जलाधारहरूमा आ–आफ्नै विशेष प्रकारका वन र वृक्ष पाइने उदाहरण छन् । तिनमा समानताभन्दा विविधता धेरै देखिन आउँछ ।
नेपालको सर्वाधिक क्षेत्रमा फैलन सफल खस्रुको वन पूर्वमा अरुणरतमोर जलाधार र पश्चिममा महाकाली क्षेत्रमा भने फस्टाउन सक्तैन । यसको कारण अतिवर्षा ९पूर्वमा० र अतिसुक्खा ९महाकाली क्षेत्र० मानिन्छ । हिमालपारि उत्तरी नेपालमा पनि यसले प्रवेश पाएको छैन । खस्रुको वन नेपालका अतिरिक्त अफगानिस्तान, पाकिस्तान, भारत, चीन र म्यान्मारमा समेत पाइने भए तापनि वनस्पति विज्ञानमा यसको प्रवेश नेपालबाट भएको थियो ।
त्यसको विशेष श्रेय ह्यामिल्टनको नेपाल बसाइ ९सन् १८०२–१८०३० सँग आबद्ध छ । खस्रुजस्तै कडा काठ हुने अन्य वृक्षमा बाँझ, फलाँट, लालीगुराँसका वन पनि कालीगण्डकीभन्दा पश्चिमी भाग र बूढीगण्डकी तथा सप्तकोसी क्षेत्रमा अधिक भेटिन्छन् । धेरै वर्षा हुने अन्नपूर्ण–धौलागिरि एवं मकालु–कञ्चनजंघा क्षेत्रमा यिनको अभाव छ । चौडा पात भएका अन्य वृक्षको निश्चित वनको उल्लेख गर्नुपर्दा तमोर क्षेत्रमा अर्खौलो वन, मिल्के जलजले क्षेत्र ९अरुण तथा तमोरको दोसाँध० को लालीगुराँसको वन तथा डोल्पामा माथिल्लो भेरी नदी आसपास फस्टाएको जैतुनको वनलाई बिर्सन मिल्दैन ।
अति चौडा पात हुने वंशी, घोगे चाँप, घोर्लङ्गा गुराँस तथा विभिन्नथरीका काउलोको वन कञ्चनजंघा क्षेत्रमा अत्यधिक भेटिन्छ । जति चौडा पात भयो उति धेरै वर्षा हुने कुराका यो संकेत पनि हो । यस्तो वनमा वृक्ष प्रजातिको संख्या सयभन्दा धेरै हुन्छ । तीमध्ये रुद्राक्ष, रक्तचन्दन, सौर, ओखर, अर्खौलो, पैयुँ विभिन्न जातका चिमाल गुराँस एवं ठिंग्रे सल्ला मिसिन पुग्छन् ।
शीतोष्ण प्रदेशीय हावापानीमा विशेषगरेर कम वर्षा हुने क्षेत्रमा कोणधारी वनको प्रधानता हुन्छ । कर्णाली क्षेत्रतिर नियाल्यौं भने कोणधारी वृक्ष प्रजातिमा देवदार, झुले सल्ला, रानीसल्ला, धुपी, राइसल्ला र ‘साइप्रस’ अधिक भेटिन्छन् । सल्ला परिवारको लोठ सल्ला ‘ट्याक्सस’ को भने आफ्नै वन हुँदैन, अरू वनभित्र यो वृक्ष फस्टाउँछ । कोणधारी वृक्षहरूको पात ज्यादै साँघुरो वा सुइरे हुन्छ । हिउँद–वर्षा कहिल्यै झर्दैन र सदावहार हुन्छ ।
हिउँदमा पात झर्ने वृक्षहरूमध्ये एक दर्जनभन्दा बढी फिरफिरे प्रजातिका ‘म्यापल’ नेपालमा पनि पाइने कुराले म्यापलका पातलाई आफ्नो झन्डामा सजाउने क्यानडेलीहरू पनि अचम्मित हुन्छन् । यस्तै पात झर्ने अर्को वृक्ष हो ओखर तथा लेक पाङग्रो । पतझडका वेला रनवनमै पहेंलो सुवर्ण दृश्य दिलाउने यी वृक्षहरू विशेषगरेर नदीनालाका किनारामा स्थापित हुने गरेको पाइन्छ । पूर्वी नेपालमा विशेषगरेर मकालु–वरुण तथा कञ्चनजंघा क्षेत्रमा हरियो चौडा पात भएका वनको माझ–माझमा पहेंलिएका पात झर्न सुरू भएपछि त्यहाँ निकै आकर्षक दृश्य निर्माण हुन्छ ।
उपलेकाली प्रदेशका वृक्ष
वन र वृक्षको विविधताले हेर्दा नेपालको उपलेकाली पर्वतीय प्रदेश ९३००० देखि ४००० मिटर० मा मेचीदेखि महाकालीसम्म नै प्रायः एकै प्रकारका वनको बाहुल्य देखिन्छ । शीतोष्ण पहाडी प्रदेशमा जस्तो पूर्वीय, पश्चिमी र मध्य नेपालमा भिन्दाभिन्दै खालका वन र वृक्षको विविधता यस प्रदेशमा देखिंदैन । यस उपलेकाली क्षेत्रको माथिल्लो उँचाइ लगभग ४००० मिटरतिर आएर वृक्ष रेखा कायम हुन्छ ।
पूर्वी नेपालभन्दा पश्चिमी नेपाल भूमध्य रेखाभन्दा टाढा पर्न जाने हुनाले वृक्ष रेखा पूर्वमा अलि माथिसम्म कायम हुन्छ । पर्वतको ढाल दक्षिण मोहडामा छ भने उत्तरी मोहडाभन्दा त्यहाँ अलि धेरै उँचाइसम्म वन कायम हुन्छ । अर्थात् वृक्ष रेखा अलि माथि पर्न जान्छ ।
भोजपत्रका वृक्षहरू अधिक हुने वनले वृक्ष रेखालाई संकेत गर्दछ । भोजपत्रका साथमा मझौला कदका चिमाल झाडी, थोरबहुत धुपी एवं रानीसल्ला र खस्रुका वृक्ष पनि मिसिन आउँछन् । वास्तवमा उपलेकाली वनको पहिचान भन्नु २५–३० मिटर अग्लो खस्रुको वन हो । जुम्ला र हुम्ला क्षेत्रको उपलेकाली भेगमा विशेषगरेर ३४०० मिटरदेखि ३७०० मिटरको उँचाइमा दक्षिणी मोहडामा खस्रुको वन अधिक पाइन्छ । खस्रुको वन विनाश भएमा रानीसल्लाले त्यो ठाउँ ओगट्न पुग्छ । तर धेरै उचाइसम्म पछ्याउन सक्तैन ।
उपलेकाली वनको प्रसंगमा गोब्रेसल्ला ९तालिसपत्र० पनि मेचीदेखि महाकालीसम्म २८०० देखि ४००० मिटरको उचाइमा मौलाउने गर्छ । पूर्वी नेपालमा यसको साथमा ५र६ प्रजातिका चिमाल गुराँस हुन्छन् भने पश्चिम नेपालतिर लोठसल्ला र ठिंग्रे सल्ला ९हेमलक ट्री० को बाहुल्य हुन्छ । उपलेकाली वातावरणमा हिमनदीले छोडेका ठाउँमा जस्तै लाङटाङ उपत्यका, मनास्लु, बूढीगण्डकी सिरानी क्षेत्र र ताप्लेजुङको घुन्सा क्षेत्रमा गोब्रेसल्ला ९लार्च० पाइएका छन् । यी दुर्लभ वृक्ष मानिन्छन् । सल्ला परिवारका भएर पनि पतझड प्रकृतिका यी वृक्षको सुनौलो आकृति कात्तिक–मंसीरतिर निकै आकर्षक हुन्छ । लाङटाङ मनास्लुतिरको प्रजातिलाई हिमाली लार्च र कञ्चनजंघा तिरकोलाई सिक्किम लार्च भन्ने चलन छ ।
हरियो वन नेपालको धन
वृक्ष सम्पदामा नेपाल धनी छ । वन प्राविधिज्ञहरूका अनुसार नेपालमा कुल ४४३ प्रजातिका वृक्ष मात्र अंकित भए तापनि वनस्पतिशास्त्रीहरू ८०० प्रजातिका वृक्ष पाइने जिकिर गर्छन् । राम्रो गोलाइको काठ ननिस्कने र ५ मिटरको उँचाइ नपुग्ने बिरुवालाई स्वभावतः वन प्राविधिकहरूले वृक्ष मान्ने गर्दैनन् ।
हरियो वन नेपालको धन भन्छौं । त्यो हो पनि । तर, हरियो वनलाई नेपालको जीवनको रूपमा हेर्न र देख्न सक्नुपर्छ । प्रकृतिको त्यस वरदानलाई आफ्नो ज्ञान–विज्ञान तथा श्रम साधन लगाएर त्यसलाई वित्तीय संसारमा द्रव्यको रूपमा रूपान्तरण नभएसम्म आकाशको फलजस्तो मात्र हुन्छ । हरियो वनलाई जीवनको अभिन्न अंग र जीवन निर्वाहको बलियो आधार नबनाउने हो भने सुरक्षित भविष्य सुनिश्चित हुँदैन ।
वन वा वृक्षको कुरा कोट्याउँदा रूख ढालेर काठ–दाउराको खपत गर्नेरगराउने अवस्था र रूखलाई सुनको फूल पार्ने कुखुरीलाई झैं स्याहार–सुसार गरेर तिनबाट प्रत्येक वर्ष फलफूल, डालेघाँस, काठ–दाउरा, वन–औषधि, स्याउला, मल आदि नवीकरणीय उत्पादन प्राप्त गर्ने अवस्थाका बारेमा विचार पुर्याउनुपर्छ । वन तथा वृक्षले प्रदान गर्ने वातावरणीय सेवा जस्तै, वायुमण्डल शुद्धीकरण, जल–जमिनको संरक्षण र संवर्द्धन, प्राणी जगत एवं वनस्पति जगत्लाई दिने आश्रय एवं संरक्षणलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।
रूखको प्रकृतिलाई चिन्ने हो भने तिनको आनुवंशीय महत्त्वलाई पनि बुझ्नुपर्छ । वन, वनस्पति एवं बागवानी अनुसन्धानले आधुनिक विश्वलाई २८०० थरीका विभिन्न नयाँ प्रजातिका ‘कल्टीभार’ गुराँस उपलब्ध गराएको छ । विभिन्न प्रजातिका गुराँसलाई कृत्रिम प्रजननमा ल्याउन हाम्रो राष्ट्रिय फूल लालीगुराँस तथा हाम्रा अन्य ३०र३२ प्रजातिका गुराँस, चिमाल, खोर्लङ्गा आदि नामका ‘रोडोडेन्ड्रन’ को अहम् भूमिका रह्यो । उन्नत नस्लका वा इच्छाधीन रङ–रूप र स्वभावका बिरुवा उत्पादन गर्न प्राकृतिक प्रजातिको मौलिक भूमिका अहम् र अपरिहार्य पनि हुन्छ ।
विश्वका अधिकांश पैयुँ ९‘चेरी’० वसन्तको आगमनसँगै फुल्छन् तर हाम्रो नेपाली पैयुँ शरद ऋतुताका फुल्न थाल्छ । क्रिसमस एवं इसा नयाँ वर्षमा पैयुँको फूल चाहना गर्ने विशेषगरी जापानी अनुसन्धानकर्ताहरूको आँखामा नेपाली पैयुँ पर्न थालेको छ । हाम्रा वृक्ष र वनस्पतिका आनुवंशीय गुणको शोध–खोज अझै गौण अवस्था छ । नयाँ बिहानी उघ्रिन बाँकी नै छ । आनुवंशीय सम्पदा अपार छ हाम्रो नेपालमा ।
वन र वृक्षबाट प्राप्त हुने औद्योगिक गैरकाष्ठ पदार्थहरू, जस्तै ः सल्लाको खोटो, खयर, देवदारको तेल, सुगन्धकोकिलाको तेल, चिउरी घ्यू, लौठसल्ला, रिट्ठा आदिका अतिरिक्त लप्सी, काफल, जंगली खुर्पानी, जंगली आरुजस्ता धेरै प्रकारका वृक्ष व्यावसायिक खेतीको सम्भाव्यता बोकेर बसेका छन् । हाम्रा परम्परागत औषधोपचारले स्थापित गरेका उपयोगी वृक्षहरू जस्तै स् हर्रा, बर्रा, अमला, नीम, बेल पनि व्यावसायीकरणको मूलधारमा आउन सकेका छैनन् । धार्मिक एवं सांस्कृतिक आस्थाका कारण लोकप्रिय रुद्राक्ष तथा बुद्धचित्तको पनि आर्थिक भविष्य उज्यालो छ ।
नेपालको ग्रामीण परिवेशमा आफ्नो संस्कार र संस्कृतिलाई बचाइराख्न विभिन्न प्रकारका रूख–बिरुवाहरू रोप्ने चलन छ । तर तिनको महत्त्व दिनदिनै घट्दो पनि छ । दसैं–तिहारको पिङ थाप्न मिल्ने बलिया–बाङ्गा रूखहरू आजभोलि उदास देखिन्छन् । बटुवालाई छहारी दिने चौतारीका वर–पीपल, समी, लाँकुरी, नागकेशर आदिको महत्त्वलाई सडक यातायातले ओझेलमा पारिदिएको छ । धार्मिक अनुष्ठानका लागि पालिने पञ्चपल्लव ९वर, पीपल, पाखरी, डुम्री र आँप० तथा पञ्च वटका वृक्षहरू ९वर, पीपल, बेल, अमला र अशोक० पनि वर्तमान पिँढीका लागि नौलो कुरा हुँदै छन् ।
हाम्रा पुर्खा र परम्पराले रूख–बिरुवाका नाममा थुप्रै स्थान नामहरू स्थापित गरेका छन् । सल्लाको नाममा सल्यान, काभ्रोको नाममा काभ्रेपलाल्चोक रूखले नै स्थापित गरेको नाम अनुमान गर्न सकिन्छ । रूखकै नाममा स्थापित स्थान नामको फेहरिस्त लामो बन्न जान्छ । केही चलनचल्तीका नामहरू उल्लेख गर्नुपर्दा बरबोटे, वरगाछी, ढल्केवर, तीनपिप्ले, जोरसल्ला, घ्याम्पेसाल, आँपचउर, पाख्रिबास, च्युरिबास, सिमलचउर, डुम्रे, गुराँसे, गोगने, हर्रे, लप्सीफेदी, काफलडाँडा, ओख्रेनी, लाँकुरी भञ्ज्याङ, आरुबारी आदिको सम्झना हुन्छ । वृक्षका नाममा स्थापित यी स्थानहरूमा ती वृक्ष छन् वा छैनन् र नभएमा पुनःस्थापनाको व्यवस्था मिलाउन ढिलाइ गर्नु हुँदैन ।
हाम्रा गाउँ, सहर वा जिल्लामा हाम्रो इतिहास, धर्म वा संस्कृतिलाई सम्बोधन गर्ने वृक्षलाई सम्पदा वृक्ष ९‘हेरिटेज ट्री’० को रूपमा उचित जानकारीसहितको सूचनापाटी जड्नु समयोचित कार्य हुन्छ । नयाँ सडक काठमाडौंको पीपलबोट, टेकुमा शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको स्थानमा रहेको खरीको बोट, चाँगुनारायण उत्पत्ति भएको ठाउँको चाँपको वन, मायादेवीले सिद्धार्थ गौतम बुद्धलाई जन्म दिएको स्थलका सालको वन र यस्तै थुप्रै सम्पदा वन र सम्पदा वृक्षको पहिचान हुनु पनि नेपाली हुनुको सार्थकताभित्र पर्न आउन सक्छ ।
वर्तमान नेपालमा यातायातका निम्ति बनाइने नयाँ सडक सञ्जालले गर्दा नयाँ बस्ती, नयाँ बजार र नयाँ सहरहरू बस्न थालेका छन् । पर्यटकीय रिसोर्ट, होटल एवं नयाँ खेलमैदान र रंगशालाहरू निर्माण हुँदै छन् ।
तिनमा हरियालीको आँचल थप्न नयाँ रूख–बिरुवाहरू रोपिने क्रम पनि चलिरहेको छ । तर विडम्बनाको कुरा, राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पनि होटल रिसोर्टहरूमा रैथाने रूख–बिरुवा रोप्ने चलन छैन । बाहिरबाट आयातित रूख–बिरुवाहरूले नै लोकप्रियता बटुल्न थालेका छन् किनभने हाम्रा लागि रैथाने बिरुवा दुर्लभ लाग्ने भयो र व्यापारी नर्सरीहरूमा आयातित बिरुवा सुलभ हुन थाले । देश र सरकार हाँक्ने शक्ति केन्द्रहरूमा समेत स्वदेशीको भन्दा विदेशी रूख–बिरुवाको सम्मान बढ्ने अवस्था रह्यो ।
काठमाडौंमा सिंहदरबार र नारायणहिटी दरबारलगायत बबरमहल, सिंहमहल, बागदरबार, सेतोदरबार आदि प्रसिद्ध ठाउँका बगैंचा एवं राजधानीका मूलसडकहरूमा विदेशी वृक्षको प्रभुत्व छ । अस्ट्रेलियाको काँडे सल्ला ९अराकेरिया०, काँगियो ९ग्रिभिलिया०, कल्की फूल ९बोटल ब्रस, क्यालेस्टिमोन० र मसला ९युकालिप्टस्० तथा अन्यत्रका लहरे पीपल, धुपी, बर्मेली सल्ला ९क्रिप्ट्रोमेरिया०, जाकाराण्डा, लालुपाते, बोगनभिलिया एवं सुनौलो विगुले ९गोल्डेन ट्रम्पेट० जताततै मौजुद छन् । यी अतिथि वृक्ष र वनस्पतिहरूको आ–आफ्नै स्थापित महत्व छ ।
यस प्रसंगमा, नेपालको आफ्नै सम्पदालाई सदुपयोग गर्न सकियो भने तिनको संरक्षण, संवर्द्धन एवं व्यावसायिक महत्त्वसमेत उजागर हुन्छ । तसर्थ प्रत्येक जिल्लाका सरकारी वन कार्यालय, कृषि कार्यालय, वनस्पति उद्यान वा बागवानी कार्यालयका अतिरिक्त विश्वविद्यालय एवं अनुसन्धान केन्द्र तथा गैरसरकारी वा अर्धसरकारी संस्थाहरूले निजी व्यवसायीहरूको संलग्नतामा वन, वृक्ष एवं हरियाली संवर्द्धन गर्ने समन्वयात्मक समिति गठन गर्नु वाञ्छनीय हुन्छ ।
आफ्नो जिल्लाको ठाउँ र ठहर अनुकूल आफ्नै रैथाने बिरुवालाई प्रोत्साहन दिने नीति अवलम्बन गर्न केही कठिनाइ पर्दैन । सहरी विकासमा आफ्नो स्वत्व स्थापना गर्न रूख–बिरुवाले ठूलो मद्दत पुर्याउँछन् ।
सहरी क्षेत्रभित्र सडकको दायाँ–बायाँ वा सवारी बिसौनीहरूमा, खेलमैदान आसपास वा शिक्षण संस्था एवं कार्यालयहरूको कम्पाउन्डमा, मनोरञ्जनका पार्कहरूमा वा निजी बगैंचाहरूमा पनि रूख रोप्नु भनेको वन क्षेत्रमा वृक्षरोपणजस्तो सम्झनु हुँदैन । रूख रोपेपछि तिनको स्याहार–सुसार र काट–छाँट तथा रोगव्याध वा हावाहुरी चट्याङसमेतको विचार पुर्याउनुपर्छ । प्रत्येक वर्ष ऋतुअनुसार स्याहारसुसार हुनुपर्छ । तिनको सौन्दर्य बढाउन मल–जल, खाद्य, खुराक, धोइपखाली एवं उपयुक्त सज्जाका लागि काँट–छाँट निरन्तर गर्नुपर्ने हुन्छ । एकपटक रोपेपछि यत्तिकै बिर्सेर हिँड्नु हुँदैन । समन्वयको महत्त्वलाई प्रत्येक रूखले प्रदर्शन गरेको हुनुपर्छ ।
अन्त्यमा
सुन्दर, शान्त र विशाल भन्ने नेपालको चिनारीलाई अझ चम्किलो बनाउने सम्भावना जैविक सम्पदाभित्र प्रचुर मात्रामा निहित छ । यस क्रममा वृक्ष सम्पदालाई नियाल्दा समृद्धिका हरिया फाँटहरू कञ्चनपुरदेखि कञ्चनजंघासम्म र झापादेखि दार्चुलासम्म छरपष्ट छन् । वन विशेषज्ञहरूले काष्ठ पदार्थको दृष्टिले ठम्याएका ४४३ प्रजातिका वृक्ष तथा वनस्पतिशास्त्रीहरूका आनुवंशीय दृष्टिले ठम्याएका ८०० प्रजातिका वृक्षहरू हाम्रा ४० प्रकारका वन क्षेत्रमा मौजुद छन् ।
तर यी वृक्षका बारेमा हाम्रो आधारभूत जानकारी पर्याप्त छैन । काष्ठ पदार्थको ‘उड म्युजियम’ अर्थात् वैज्ञानिक संग्रहालय पनि स्थापना भएको छैन । भए गरेका अध्ययन–अनुसन्धानका कृतिहरू पनि छरपस्ट छन् । उपयोगमा छैन । तसर्थ, नेपालमा एउटा वृक्ष विकास बोर्डको परिकल्पना गर्न अब ढिलो गर्नु हुँदैन । वृक्षलाई वनभित्र मात्र सीमित गरेर होइन मानव जीवनका सबै पक्ष, विशेषगरेर व्यावसायिक पक्षसँग आबद्ध गरेर विकास गर्नु वर्तमान समयको माग हुन आउँछ । कान्तिपुर