७ बैशाख २०८१, शुक्रबार

र्यालीसहित बाँकेमा गणतन्त्रबिरुद्ध नाराबाजी
  • न्युज मानसराेवर

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा एक समुहले गणतन्त्र बिरोधी नारा लगाएको छ ।

 स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघीयता धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको थियो ।

२०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको मागसहित आफुहरु सडकमा आएको र्यालीमा सहभागीले बताएका छन् । राष्ट्रवादी अभियानले राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गरिरहेकाले कोहलपुरमा र्याली गरिएको समुहले जनाएको छ । राजासहितको हिन्दु राज्यको माग गर्दै नगरको परिक्रमापछि कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech