२६ श्रावण २०७९, बिहीबार

खाने होइन त अमला ?

एसियाको उष्णदेशीय भूभागबाट सुरु भएको अमला नेपालको मेचीदेखि महाकालीसम्म १०० देखि १५०० मीटरसम्मको उचाइ भएको तराई, भित्री मधेश र पहाडी क्षेत्रमा पाउन सकिन्छ ।

  • न्युज मानसराेवर

बाँके बैजानाथ \अमलाको प्रयोग धेरै किसिमले गर्न सकिन्छ । तर ग्रामीण भेगमा विशेषतः मुखमा अमला राखेर बिस्तारै बिस्तारै चपाउने शैली नै बढी प्रचलनमा रहेको देख्न सकिन्छ । सामान्यता १३ मिटरदेखि २० मिटरसम्मको उचाइमा हुने यो प्रजातिको बिरुवाको पात ससाना १ देखि २ सेन्टिमिटरसम्म लामो आकारको हुन्छ । कात्तिक मंसिरको समयमा पात झरेर नाङ्गै भएका अमलाका बोठहरू वसन्तको बहारसँगै फाल्गुनबाट हरिया बन्छन् । पात झरिसक्दा पनि अमलाको फल भने रसिलो नै हुन्छ ।

एसियाको उष्णदेशीय भूभागबाट सुरु भएको अमला नेपालको मेचीदेखि महाकालीसम्म १०० देखि १५०० मीटरसम्मको उचाइ भएको तराई, भित्री मधेश र पहाडी क्षेत्रमा पाउन सकिन्छ ।

वरिष्ठ फलफूल विकास अधिकृत सूर्यनाथ योगीका अनुसार मलिलो पाँगो र बलौटे माटोमा अमला बढी फस्टाउँछ । यसको केही समयदेखि व्यवसायिक खेती समेत गर्न थालिएको भए पनि प्राकृतिक जंगलमा समेत यो प्रशस्त मात्रामा पाइन्छ । यसको पनि विभिन्न भेदहरू पाइन्छ । नेपालमा बनारसी, चकैया, कञ्चन, फ्रान्सिस, कृष्णा जस्ता विभिन्न प्रजातिका अमला पाउन सकिन्छ ।जोखिमसँग लड्न अमला

हिजोआज कोरोना भाइरसको जोखिमका कारण धेरै मान्छे शरीरमा रोग प्रतिरोध क्षमताको विकास गर्ने खालको खानामा धेरै ध्यान दिन थालेका छन् । जाडो मौसममा कोरोना भाइरसकोे जोखिम बढी हुने भन्दै त्यसबाट बच्नको लागि शरीरमा प्रतिरोध क्षमता विकास हुने खालका जडिबुटीको खपत समेत पछिल्लो समय बढ्न थालेको छ ।

कोरोनाका कारण गुर्जोको प्रयोगलाई धेरैले अंगिकार गरेको पाइन्छ । सामान्यतया हरियो रंगका फलहरू जस्तै कागती, अमला जस्ता फललाई समेत शरीरको प्रतिरोध क्षमता विकास गर्ने खानेकुराको रूपमा चिनाउने गरिएको पाइन्छ ।

च्यावनप्रास बनाउँदा त्यसको मुख्य घटकको रुपमा अमलाको प्रयोग गर्ने गरिन्छ । चिसो मौसममा औषधीय गुणले युक्त फलफूलमा सायदै अमलाभन्दा धेरै औषधीय गुण युक्त फलहरू पाइन्छ । यस्ता छन् अमलामा पाइने औषधीय गुण ।

पौष्टिकता र लाभहरू

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ । यसले टाउकोमा बाक्लो कपाल उमार्नको लागि मद्धत गर्छ । यसले कपाल कडा र कालो राख्न पनि मद्धत गर्छ भने पुरुषमा वीर्यको मात्रा बढाउने काम गर्छ । आँखाको प्रकाश बढाउने, रगत सफा राख्ने जस्ता उपचारको लागि पनि अमला सेवन सहायकसिद्ध हुन सक्छ । आयुर्वेदमा, अमलालाई त्रिदोष अर्थात् बात, पित्त र कफको समस्या समाधानको लागि समेत उपयोगी मान्ने गरिन्छ । अमलाको पोषक तत्वहरूमा निम्न मात्रामा विभिन्न गुण सम्मिलित हुन्छ ।

पानी – ८१.२ प्रतिशत

प्रोटिन – ०.५ प्रतिशत

फ्याट – ०.१ प्रतिशत

कार्बोहाइड्रेट – १४.१ प्रतिशत

फाइबर – ३.४ प्रतिशत

क्याल्सियम – ०.०५ प्रतिशत पाउन सकिन्छ ।

१०० ग्राम अमलामा ६०० मिलिग्राम भिटामिन सी प्राप्त हुन्छ । अमलाको बारेमा एउटा विशेष कुरा के हो भने यसमा पाइने भिटामिन सी अरू खानामा जस्तो छिटै नष्ट हुँदैन । जतिसुकै सुख्खा भए पनि यसमा पोषक तत्व पाउन सकिन्छ । विभिन्न अनुसन्धानले यो प्रमाणित भइसकेको छ कि १६ कोसा केरामा पाउने भिटामिन सी एक अमलामा पाउन सकिन्छ ।

अमलाको औषधीय गुण

अमलाबाट धेरै शारीरिक फाइदा लिनु छ भने यसलाई कुटेर यसमा रहेको रस मात्रै सेवन गर्नु उपयुक्त हुन्छ । तर अन्य तरिकाले खाँदा पनि यसको गुण धेरै नष्ट भने हुँदैन । यसलाई धेरै तरिकाले खान सकिन्छ । अमलाको जुस निकाल्नको लागि पहिले यसको सानो सानो टुक्रा बनाउनुहोस् र बीउहरू हटाउनुहोस् । यी टुक्राहरूलाई रसरमा राख्नुहोस् र जुस निकाल्नुहोस् । यसलाई काट्ने क्रममा होसियार हुनुपर्छ, यसलाई फलामको सट्टा स्टिलको चक्कुले काट्नु उपयुक्त हुन्छ ।

आमलाको रस बिहान खाली पेटमा पिउनु उत्तम हुन्छ । अमलाको रस स्वादिलो हुँदैन र धेरैलाई यो मन पनि पर्दैन । तसर्थ, सबै औषधीय गुणहरूका बाबजुद पनि धेरैले यसलाई यो विधिबाट प्रयोग गर्ने गर्दैनन् । धेरैले अमलालाई मुखमा राखेर चपाउन नै सहज ठान्छन् ।

अमलाको रससँग मह वा सख्खर पनि मिसाएर खान सकिन्छ । यसलाई जसरी प्रयोग गर्दा पनि अन्य फलहरूमा जस्तो यसमा पौष्टिकता कम हुने सम्भावना कम हुन्छ । अमलाले हाम्रो मूत्र नलीलाई सफा बनाउन मद्धत गर्छ । यदि तपाईंलाई पिसाब सम्बन्धी समस्या छ भने यसले त्यसलाई दूर गराउन मद्धत गर्छ । अमला बाँझोपन र वीर्यसम्बन्धी कमजोरी भएकाहरूको लागि अत्यधिक उपयुक्त हुन्छ ।

अमला रगतको विकार क मगर्न एवं कब्जियत कम गर्न पनि मद्धतदायक हुन्छ । यो एक उत्कृष्ट प्रतिरक्षायुक्त खानेकुरा हो ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech