१४ बैशाख २०८१, शुक्रबार

स्थानीय पाठ्यक्रम : बुटवलमा तयार, बाँके उदासिन
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ नयाँ शैक्षिक शत्रबाट स्थानीय पाठ्यक्रम लागू गर्नुपर्ने प्रावधान छ । तर, बाँकेका स्थानीय तहले अहिलेसम्म पाठ्यक्रम निर्माणको सुरसार समेत गरेका छैनन् । राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६, अनुसार आधारभूत तह कक्षा १ देखि ८ सम्मको एक विषय स्थानीय तहले निर्माण गर्न पाउने व्यवस्था छ । बाँकेका आठवटै स्थानीय तहले अहिलेसम्म उक्त पाठ्यक्रम निर्माण गरेका छैनन् ।

लुम्बिनी प्रदेशको ठूलो सहर बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अनुरुपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ । गत असारदेखि नै विद्यालयहरुमा पठनपाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरु तयार पार्दै मंगलबार सार्वजनिक गरिएको छ ।  प्रदेशका नेपालगन्ज, घोराही र तुलसीपुर तथा भैरहवा उपमहानगरपालिकाले भने यस बिषयमा अहिलेपनि कुनै चासो देखाएका छैनन् ।

स्थानीय तहले पाठ्य सामाग्री विकास गरी शैक्षिक वर्ष २०७७ देखि कार्यान्वयनमा ल्याउनुपर्ने पाठ्यक्रम विकास केन्द्रले बताएपनि बाँकेमा थारू, मुस्लिम, अवधीलगायतका थुप्रै भाषा भएकोले उक्त पाठ्यक्रम निर्माण गरि लागू गर्र्न नसकिने नेपालगन्ज उपमहानगरपालिका अन्तगर्तको शिक्षा शाखाका प्रमुख गोरखबहादुर थापा बताउँछन् ।

कक्षा १ को पाठ्यक्रम सबै स्थानीय तहले यस वर्षदेखि अनिवार्य रुपमा लागू गर्नुपर्ने प्रावधान रहेको छ । बाँकेका आठवटै तहमा भने अहिले उक्त पाठ्यक्रम लागू हुने सम्भावना देखिएको छैन् ।

उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले समेत पाठ्यक्रम निर्माणको कुनै सुरसार देखाएका छैनन् । अन्य पालिकाको पनि अवस्था उस्तै छ । स्था अहिलेलसम्म मुलुकमा करिब एक सय स्थानीय तहले मात्र पाठ्यक्रम निर्माण गरेको उनले जानकारी दिए ।

स्थानीय तहमै प्राविधिक तथा आर्थिक स्रोत परिचालन गरी मातृभाषा तथा स्थानीय ज्ञान, सीप र प्रविधिमा आधारित विषयवस्तुको चयन गरी स्थानीय पेसा, व्यवसाय, मूल्य मान्यता, भाषा, कला र संस्कृतिको संरक्षण र सम्बद्धनमा सहयोग पुग्ने गरी स्थानीय तहले पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको भनाई छ ।

बुटवलको पाठ्यपुस्तक व्यवहारिक रुपमा प्रयोगमा ल्याउनेगरी पाठ्यपुस्तक तयार पारिएको छ । केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकताको आधारमा वर्तमान अवस्थामा प्रयोगमा ल्याइएका आधारभूत तहका सामाजिक र नेपाली विषयका पाठ्यक्रमहरुको आवश्यकता अनुसार विषयवस्तु छनौट गरि तहगत उद्देश्य निर्धारण गर्दै पाठ्यपुस्तक तयार पारिएको छ ।

पाँच वर्षे शैक्षिक योजना अन्तरगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेटिएको छ ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षाविद्हरुको संलग्नतामा बुटवलले विशेष कार्यदल गठन गरेको थियो । सोही कार्यदलले ०७५ असारमा पाठ्यक्रम तयार पारेको थियो । यो एक सय पूर्णाङ्क पाठ्यपुस्तक हो ।

सोही पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकलाई आज सार्वजनिक गरिएको हो । स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकहरु बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरुमा पढाइ हुनेछ । यसका लागि उपमहानगरपालिकाले विद्यालयका प्राचार्यहरुलाई अभिमूखिकरण गरिसकेको उपमहनागरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् ।ई-सेतोखरी

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech