१६ चैत्र २०८०, शुक्रबार

अध्यक्ष रुचाल द्वारा छठ पर्वको शुभकामना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका अध्यक्षले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन । उनले स्थानीय सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गरेका हुन् ।

नेपालीहरुको महान पर्व छठ २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले बैजनाथ आम नागरिक तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सुस्वास्थ्यको कामना गरेका छन ।

उनले सन्देशमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट नागरिकलाई जोगाउन स्थानीय सरकारको पहल कदमीमा सबैको सार्थक सहयोगको खाँचो रहेको, कोरोना नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य सम्बद्ध सबैप्रति यस अवसरमा उच्च सम्मान व्यक्त गर्दै कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य क्षेत्रका विकासलाई प्राथमिकता दिदै स्थानीय सरकार अघि बढेको उल्लेख गरेका
छन ।

मानिस र प्रकृतिबीचको सन्तुलित सम्बन्धले मात्रै उज्यालो भविष्यको आशा गर्न सकिन्छ । मानिस र प्रकृति बीचको असन्तुलनले मानिसको मात्रै नभएर अन्य जीवजन्तुको समेत भविष्य अनिश्चित हुन्छ ।” बैजनाथ गाउँपालिका अध्यक्षले समुदाय विशेषका पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्न थलिएको बताउँदै कुनै क्षेत्र र समुदाय विशेषको छठ सबैको साझा पर्व बनेको र यो पर्वले समाजलाई एकाकार भई सकारात्मक बल प्रदान गर्नुका साथै छठले समाजमा भातृत्वको वातावरण बनाउन मात्रै नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको बताएका छन । अध्यक्ष रुचालले नेपाल भौगोलिक मात्रै नभई सांस्कृतिक विविधतायुक्त मुलुक हो ।

विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । विभिन्न समुदायले मनाउने पर्व र संस्कृतिले विविधतायुक्त समाजलाई एकताको मालामा बाँध्न संभव भएको छ । समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भातृत्व,सहकार्य र मेलमिलापको वातावरण बनाइरहेका छन् । शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech