१६ चैत्र २०८०, शुक्रबार

बाँके प्रहरी हिरासतमा अभियुक्त मृत फेला
  • न्युज मानसराेवर

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राती बालक हत्या तथा अपहरण काण्डका एकजना अभियुक्त व्यक्ति झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।
बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुण्डीएर मुत्यु भएको अवस्थामा शुक्रवार बिहान भेट्टिएका हुन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बालक अपहरण तथा हत्या काण्डका अभियुक्त रैदास प्रहरीको हिरासत कक्षको शौचालयको झ्यालको डण्डीमा टाउकोमा बाँधेको कपडाको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको जानकारी गराए ।  रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको थियो ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech