१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमित प्युठानका एक पुरुषको बाँकेमा मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट प्युठानका एक पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ । नौबहिनी गाउँपालिका वडा नम्बर ६ का ७८ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मंगलवार विहान ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर १ गते कोरोना पुष्टि भएका उनलाई २ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

विरामीकोे रोगको प्रकृति अनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको मंगलवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसंगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech