१४ बैशाख २०८१, शुक्रबार

१६ दिने अभियानको औचित्यबारे बैजनाथमा अन्तरक्रिया
  • रबि रोकाया

बाँके बैजनाथ ।  विश्वले डिसेम्बर महिनालाई मानवअधिकारको महिना भनेर मनाउने गरेको छ । लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसाविरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रियस्तरमै १६ दिने अभियान पनि संचालन गरिन्छ ।नेपालमा महिलामाथि हुने हुने हिंसा विरुद्धको अभियानको रुपमा यो अभियान संचालन हुँदै आएको छ ।

नेपालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउदै आइरहेको छ ।
यस वर्ष १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा ‘अरेन्ज द वल्र्डः जेनेरेसन इक्वालिटी स्ट्याण्ड अगेन्स्ट रेप’ अर्थात् ‘समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता’ रहेको छ ।नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिन्छ ।

मानवअधिकारवादी र महिलाअधिकारवादीहरुले यो अभियानको क्रममा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेपनि ती कार्यक्रमको प्रभाव खासै उपलब्धिमूलम भएको भने देखिएको छैन ।गत वर्षदेखि नेपाल सरकारले पनि लैङ्गिक हिंसाविरुद्धको अभियानलाई साथ दिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गत वर्षबाटै सामाजिक सचेतना सहित लैंगिक हिंसाविरुद्धको अभियान संचालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु, विद्यालय, सामाजिक संघ संस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

साथै, प्रत्येक वर्ष नोभम्बर महिनाको २५ तारिखलाई महिला हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने निर्णय पनि गरेको थियो ।त्यसैगरी, यस वर्ष गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले वर्ष २०७६र०७७ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा मनाउन संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन समेत दियो । सोही अनुरुप १६ दिने अभियानलाई   स्थानीय  सरकारले वडा गत रुपमा अन्तरक्रिया मार्फत १२ दिने अभियानको औचित्य प्रकाशन गर्दै छ ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले विहबार चिसापानी बैजनाथ १ मा अन्तरक्रियात्मक अभिमुखीकरणमा  हिंसा का प्रकृति बारे सहभागिहरुलाई सचेत गराईन् । उनले मैन बत्ति बाल्दै कर्सैलाई पनि हिंसा नसहन र कसैलाई हिंसा नगर्न अनुरोध समेत गरिन् ।

अन्तरक्रियामा बोल्दै बैजनाथ गाउँपाकिला प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले नेपालमा हिंसा दण्डहरुका बारेमा सहजीकरण गरे । ऐडीले हिंसाका मुख्य अंश आफ्नै मानिसबाट वढी गर्छ र हिंसाका दण्डहरुलाई नेपालको कानूनले प्रत्याभूत गरेका अधिकार बारे सहभागिहरुलाई सहज बनाए ।  अभियाको शुरुवात बैजनाथ १ बाट गरेका छौ अब यहाँ न्यायिक रुपमा यसको प्रभावकारीता बारे यहाँहरुले (सहभागि) सबैलाई सजक बनाउन पर्छ सामाजिक विकास समिति संयोजक गुमान बहादुर दमाइले अन्तरक्रियामा भने ।

कार्यक्रमको प्रभावकारीता लाई टोल गत रुपमा बृह्त छलफल गरे राम्रो हुन्थ्यो होला तर कोरना संक्रमणका कारण सबै स्थानमा पुग्न ग्रारो छ , बैजनाथ महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी गराईन् ।

कार्यक्रमा मनोसामाजिक सहजकता कृष्ण चौधरीले वर्तमान अवस्थामा हिंसाका प्रकार र त्यसका निराकरण बारे सहजिकरण गरे । कार्यक्रमा वडा अध्यक्ष रुप बहादुर मल्ल वडा सदस्य भर्खरी थारु संगिता सुनार कालिकोइला बुढा सामाजिक विकास समिति सदस्य  धिरेन्द्र शिह ठकुरी लगाएतको सहभागिता रहेको थियो । महिला बालबालिका शाखाले कार्यक्रमलाई वडा १ देखी ८ वडा सम्म अन्तरक्रियात्मक अभिमुखीकरण गर्ने योजना रहेको छ ।

 

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech