८ बैशाख २०८१, शनिबार

मिश्रमा भेटिएको चम्चाको इतिहास, कसरी विकास हुँदै गयो विश्वमा ?
  • न्युज मानसराेवर

काठमाडौं । हिजोआज मान्छेको हरेक गतिविधिमा चम्चाको प्रयोग अनिवार्य जस्तै भएको छ । अहिले गाउँघरमा पनि हातले ढिके नुन अड्कलेर तरकारीमा हाल्न छाडिसकेका छन् । कर्छुलीले आजभोलि घिउतेल निकाल्न छाडिसकिएको छ । यी सबै भाँडाकुँडालाई आजभोलि चम्चाले नै विस्थापित गरिदिएको छ । यतिमात्रै नभएर चम्चालाई मानवीकरण गरेर मान्छेको प्रवृत्तिलाई समेत चम्चे प्रवृत्ति भनेर समेत हिजोआज व्याख्या गर्ने गरिएको छ ।

चम्चाको इतिहास सधैंभरि धनी र समृद्ध परिवारसँग मात्रै जोडिँदै आयो । कुनै बेला युरोपमा देखावटी रवाफको लागि मात्रै यसलाई घरमा राख्ने चलन थियो । अहिले पनि धेरै मान्छेहरु आफूलाई धनाढ्य र नवधनाढ्य जस्तो देखिन पनि यो संस्कारलाई अँगाल्दै गए । त्यसैले चम्चाको इतिहास सधैंभरि धनाढ्यहरुकै आसपासको उपकरणको रुपमा विकास भयो ।

मानव सभ्यताको सुरुवातसँगै मान्छेले विभिन्न किसिमका उपकरणहरु प्रयोगमा ल्याउन थालेको पुरातात्विक इतिहास पाइन्छ । अझ मान्छेले सामूहिक जीवनशैली अपनाउने र पारिवारिक संरचनामा जीवन बिताउन थालेपछि विभिन्न भाँडाकुँडाको प्रयोग सुरु गरे । तर आजको संस्कृति बनेर उदाउँदै गएको चम्चाले खाना खाने पद्धति, अझभन्दा चम्चाको पद्धति कहिलेदेखि सुरु भयो होला रु कहाँबाट विकास भयो होला रु

नेपाली संस्कृतिमा अझैसम्म पनि चम्चाले डाइनिङ टेबुलमा बसेर खाना खाने पद्धति सबैले अपनाउने गरिसकेका छैनन् । यद्यपि सहरीया केही घरानाहरुले भने यो संस्कृतिलाई आफ्नो अनिवार्य आवश्यकताको विषय पनि बनाएका छन् । जसका कारण बिस्तारै नेपाली संस्कृतिमा चम्चाले खाना खाने चलनको विकास हुन थालेको छ भन्ने कुरा मान्न सकिन्छ । तर चम्चाको विकास कहाँबाट भयो रु भन्दा यसको अन्तर्राष्ट्रिय अध्ययनलाई हेर्नु उपयुक्त हुन्छ ।

ऐतिहासिक उपकरणहरु

इतिहासलाई फर्केर हेर्दा माटोका भाँडाहरु परापूर्वकालदेखि चलिआएका थिए । काठका उपकरणहरुको इतिहास पनि लामै छ । त्यसपछि धातुका उपकरणहरुको इतिहास पाइन्छ । यही माटोबाट नै विभिन्न आकृतिको विकास गरिएको हुन्थ्यो । माटोबाट भाँडाकुँडाको विकास गर्नुअघि ढुंगे युगमा मान्छेले ढुंगाकै हतियारबाट शिकार गरेर आफ्नो पेट पाल्ने गरेका थिए । तर सभ्यताको विकाससँगै माटोको घैंटो, पानी राख्ने भाँडा, पानी पिउने गिलास, खाना पकाउने भाँडा जस्ता संरचनाको विकास गरियो । यसरी ऐतिहासिक सामग्रीहरूको सूची हेर्दा भारत वर्षमा अहिलेको जस्तो चम्चा आकारको कुनै माटाका भाँडाहरु प्रयोगमा आएको खासै देखिँदैन । तर मिश्रको सभ्यतातिर भने यता वैदिककाल सुरु हुने बेलातिरै यस्ता उपकरण प्रयोगमा रहेको पाइन्छ ।

साधारण धारिला चट्टानहरू, माटोका उपकरणहरु, काठहरू उपकरणहरु हुँदै धातु विज्ञानको आविष्कारसम्म आइपुगेपछि चम्चाले अहिले आफूलाई खाना पकाउने खाना सेवन गर्ने उत्तम उपकरणको रूपमा प्रमाणित गर्न सफल भएको छ । यसको सरल डिजाइन र अर्धअण्डाकार स्वरुपका अन्य उपकरण भए पनि पूर्वीय संस्कृतिमा प्राचीनकालमा यस्तो संस्कृतिको विकास भएको पाइँदैन । तर हाल खाना तयार पार्ने र प्रदान गर्ने आधुनिक तरीकामा चम्चाले

अहिले विश्वभरमा ५० भन्दा बढी प्रकारका चम्चाहरु प्रचलनमा रहेको विभिन्न अन्तराष्ट्रिय अध्ययनहरुले देखाएका छन् । यो उपकरण विश्वभरि नै खानेकुरा खान एवं अन्य गतिविधिहरूमा धेरै विशिष्ट कार्यहरूको लागि प्रयोग गरिन्छ ।

चम्चाको इतिहास लामो र रमाइलो छ । कसैलाई थाहा छैन कि पहिलो चम्चा कहिले प्रयोग गरियो र कहाँ गरियो भन्ने । तर पुरातात्विक खोजहरूले ई।पू। १००० वर्षको क्षेत्रमा केही सजावटी र धार्मिक चम्चा प्रयोगमा आएको पत्ता लागेको छ । ती पुरातन चम्चाहरू काठ, स्लेट र हस्तिहाडले बनेका थिए । मिश्रका पुजारीहरूले बढी प्रयोग गर्ने गरेको चम्चाहरु अनौंठो डिजाइनमा बनाइन्थ्यो । पुरातन ग्रीस र रोमी साम्राज्यको युगमा चम्चा काँस र चाँदीबाट उत्पादन गर्ने गरिन्थो भन्ने प्रमाण भेटिएको छ ।

मध्ययुगीन युरोपको समयसम्म गाईको सिँग, काठ, काँस र कुमालेले माटोबाट चम्चा बनाउने गरेको पाइएको छ । १५ औं शताब्दीमा मात्र काठको चम्चाले अधिक टिकाउयुक्त धातुयुक्त चम्चालाई प्रतिस्थापन गर्न सुरू ग¥यो । यस्ता चम्चाहरु १५ औं शताब्दीमा उच्च घरानाले बढी प्रयोग गर्ने साधनको रुपमा प्रयोग भएको थियो ।

इङ्ल्याण्डमा चम्चाको सबैभन्दा पहिलो उल्लेख राजा एडवर्ड प्रथमको वार्डरोब विवरणको रूपमा १२५९ मा आएको थियो । चम्चालाई मध्यकालीन समयमा खानको लागि नभई धन र शक्तिको चिह्नको रूपमा प्रयोग गरिन्थ्यो । इङ्ल्याण्डका प्रत्येक राजाहरू राज्याभिषेकपछि विशेष चम्चाले अभिषेक गर्ने विधि अपनाउँथे । अन्ततः १८ औं शताब्दीको अन्तसम्ममा यसले आधुनिक रूप प्राप्त गर्‍यो ।

आधुनिक समयमा चम्चा हाम्रो खाद्य उपभोगमा धेरै प्रयोग हुने गर्छ । केवल यो तरल वा अर्धतरल पदार्थको उपभोगको लागि मात्र पहिलेपहिले प्रचलनमा आउने गरेको थियो । तर पछि यसले एक उत्तम उपकरणको रूपमा काम गर्छ । अहिले यो आधुनिक किचनवेयर र सबै किसिमका खानेकुराको खान पनि प्रयोग गर्ने गरिन्छ । त्यसैले नेपालीमा सबैसँग ठिक्क पार्ने मान्छेलाई चम्चे भनेर समेत नाम राख्ने गरिएको छ ।

मान्छेले अहिले प्रयोग गर्ने चम्चाका केही डिजाइनको उदाहरणहरु तल उल्लेख गरिएका छन् ।

क्याभीयर चम्चा – क्याभियरको अर्थ भनेको माछाको अण्डा हो । यस्तो परिकार खाँदा भाँडोले यसको स्वादमा परिवर्तन गर्छ भन्ने हिसाबले यस्ता चम्चाहरु मोती, सुन, जनावरको सिङ र काठबाट बनेका हुन्थे ।

कफी चम्चा – चियाचम्चा भन्दा अलिकति सानो चम्चा ।

डेजर्ट चम्चा – यो एक मध्यम आकारको चम्चा हो । यो चिया चम्चाभन्दा ठूलो र खाना खाने चम्चाभन्दा सानो हुने गर्छ । यसबाहेक पनि धेरै किसिमका चम्चाहरुको प्रयोग विश्वभरि हुने गरेको छ ।  अनलाइन खबर

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech