८ बैशाख २०८१, शनिबार

चिनियाँ रक्षामन्त्रीले पहिले प्रधानसेनापतिसँग भेट गर्ने, त्यसपछि प्रधानमन्त्री र राष्ट्रपतिसँग

पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउने भ्रमणको उद्देश्य।

  • न्युज मानसराेवर

काठमाडौं। एकदिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले सबैभन्दा पहिला प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका  छन्।

चिनियाँ रक्षा मन्त्री वेईले दिउँसो ४ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग उनले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५ बजेतिर भेट्ने कार्यक्रम छ। राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न उनी राष्ट्रपति कार्यालय शीतल निवास पुग्नेछन्। साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम छ।

उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापालगायतले स्वागत गरेका थिए।

विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै चिनियाँ रक्षा मन्त्री वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउने आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका थिए।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech