१५ चैत्र २०८०, बिहीबार

युवा संघ बैजनाथले तोड्यो बाँकेको रेकर्ड

नेकपाको भातृय संगठन राष्ट्रिय यूवा संघको आयोजनामा गरिएको उक्त रक्त दानमा ३ सय ४५ जनाले आफ्नो रगत दान गरेका थिए ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  राष्ट्रिय यूवा संघ बैजनाथले बाँकेमा हाल सम्मकै बृह्त रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । नेकपाको भातृय संगठन राष्ट्रिय यूवा संघको आयोजनामा गरिएको कार्यक्रममा  ३ सय ४५ जनाले आफ्नो रगत दान गरेका थिए ।

राष्ट्रिय यूवा संघ बैजनाथका संयोजक अगन मल्लले युवा र अग्रजहरुको साथले रक्त दान कार्यक्रम बह्त गर्न सफल भएको प्रतिक्रिया दिदै , कोरनाको महामारी समयमा धेरैलाई ब्लर्ड आवश्यक पर्छ यो रगतले कसैको जीवन रक्षा होस् भन्ने उदेश्यले  कार्यक्रमको आयोजना गरिएको उनले भने ।

यस अघि बाँकेमा २ सय ९८ संयामा मात्र रत्त दानको तथ्याङ्ग रेड क्रस संग छ , कोहलपुर रेड क्रसका राजेन्द्र महतराले हर्षित हुदै भने । महतराले सायद यो लुम्बिनी प्रदेशकै उच्च रक्त दान कार्यक्रम हुन सक्छ तर यो बाँकेमा पहिलो रक्त दान हो जसमा बृह्त मात्रामा रक्त दान गरिएको छ उनले भने ।

बृह्त रत्तदान कार्यक्रममा नेकपा प्रदेश सदस्य नरेन्द्र पाण्डे जेम्स स्थानीय सरकार प्रमुख मान बहादुर रुचालले आफ्नो रक्त दान गरी कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्रममा घेरै पटक रक्तदान गर्ने हेम कुमार रावत, उदिपबाबु रेग्मी, गोपी खनाल लगायतलाई सम्मान गरिएको थियो । नेकपा बाँकेका अध्यक्ष आई.पि .खरेलले यूवाहरु संधै असल कामको सम्बाहक हुनु पर्ने धारण राखेका थिए ।

कार्यक्रममा  पूर्व राज्य मन्त्री तथा संविधान सदस्य दल बहादुर सुनार  ,नेकपा जिल्ला सचिव असोक कोइराला लगाएतले मतव्य राखेका थिए ।रक्त दान कार्यक्रमाम युवा संघले  टोल ,वडा ,क्षेत्र ,जिल्ला ,प्रदेश स्तरका नेता तथा कार्यकर्ता सबैलाई रक्त दान गर्न निमन्त्रणा गरेका थिए ।

रक्त दान कार्यक्रम लाई प्रभावकारी बनाउन व्यापक रुपमा स्यम सेवक परिचालन गरिएको थियो भने स्थानीय जनप्रतिनिधि लगाएतले समेत उक्त रत्त दान कार्यक्रममा सहभागिता जनाएका थिए ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech