बाँके बैजनाथ । होमस्टे एशोशिएशनका केन्द्रिय सल्लाहकार तिलक ढकाल लगाएतको टोलिले बाँकेमा शनिबार अनुगमन गरेका छन् । होमस्टे शशोशिएशनका प्रतिनिधि गाभर होमस्टेका संचालक कृष्ण चौधरी लगाएतका प्रतिनिधिहरुले कोहलपुर नगरपालिका स्थित नयाँ गाउँ, खड्गवार र बालापुर गरी विभिन्न स्थान अवलोकन तथा आगामी सम्भावना बारे बाँकेका होमस्टे संचालकहरु सँग छलफल गरेका हुन ।
कृष्ण चौधरीका अनुसार कोभिड १९ का कारण सामुदायिक होमस्टेमा भएका समस्या बारे बृह्त छलफल गरिएको जानकारी गराए ।
बाँकेमा संचालित होमस्टेहरुका गुनासा र सम्भावना बारे बुझ्न होमस्टे एशोशिएशनका केन्द्रिय सल्लाहकार तिलक ढकाल लगाएतको टोलि बाँके आएको हो । फोटो कृष्ण चौधरीको फेसबुक बाट