८ जेष्ठ २०७९, आईतवार

होमस्टे एशोशिएशनका केन्द्रिय सल्लाहकार बाँकेमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  होमस्टे एशोशिएशनका केन्द्रिय सल्लाहकार तिलक ढकाल लगाएतको टोलिले  बाँकेमा शनिबार  अनुगमन गरेका छन् ।  होमस्टे शशोशिएशनका प्रतिनिधि  गाभर होमस्टेका संचालक कृष्ण चौधरी लगाएतका प्रतिनिधिहरुले कोहलपुर नगरपालिका स्थित नयाँ गाउँ, खड्गवार र बालापुर गरी  विभिन्न स्थान अवलोकन तथा  आगामी सम्भावना बारे  बाँकेका होमस्टे संचालकहरु सँग  छलफल गरेका हुन ।

कृष्ण चौधरीका अनुसार कोभिड १९ का कारण सामुदायिक होमस्टेमा भएका समस्या बारे बृह्त छलफल गरिएको जानकारी गराए ।

बाँकेमा संचालित होमस्टेहरुका गुनासा र सम्भावना बारे बुझ्न होमस्टे एशोशिएशनका केन्द्रिय सल्लाहकार तिलक ढकाल लगाएतको टोलि बाँके आएको हो । फोटो कृष्ण चौधरीको फेसबुक बाट  

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech