३१ भाद्र २०८३, बुधबार

४३ हजार ट्रामाडोल बरामद
  • न्युज मानसराेवर

बाँके\नेपाल–भारत सीमामा अवैध गतिविधिविरुद्ध कडाइ गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याएर नेपालतर्फ ल्याउँदै गरेको ४३ हजार क्याप्सुल ट्रामाडोल र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बाँकेको खजुरा क्षेत्रबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट ल्याइएको ठुलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो । प्रहरी टोलीलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्ति फरार भएका छन् ।

  • ३१ भाद्र २०८३, बुधबार प्रकाशित

  • Nabintech