१४ बैशाख २०८१, शुक्रबार

देउराली हरियाली मध्यवर्ती क्षेत्रको एक महिने संरक्षण अभियान सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   बाँके राष्ट्रिय निकुञ्जको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतका उपभोक्ताहरु बिच एक महिने संरक्षण अभियान सम्पन्न गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा सामुदायिक विकास, जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवद्र्धनको सम्भावनाहरुको पहिचान गर्दै उपभोक्ताहरुको जनगुनासाहरु संकल गर्ने कार्य  गरर्यौ ‘देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले  जानकारी गराए ।

सिता देउराली मध्यवर्ती समूहबाट शुभारम्भ गरिएको अभियान गोठेरी मध्यवर्ती उभोक्ता समूहमा  अन्तरक्रिया गरी आज अभियान समापन  गरर्यो आशा छ अब नयाँ उदेश्यका साथ अगाडी बढ्ने छौँ  अध्यक्ष कृष्ण बहादुर चौधरी भने  हो ।

समिति अन्तरगत ११ वटा समूह रहेको छ ।  हाल  समुहमा ४ हजार उपभोक्ता छन् ‘देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव लोकेन्द्र खत्रीले   भने ‘ मानव र बन्यजन्तु बिचको सहसम्बन्ध र सहअस्तित्व कायम गर्दै समूदायलाई संरक्षण अभियानमा सहभागि गराउन यस अभियानले सहयोग पुर्याएको खत्रीले  बताए ।

कोरोना महामारीका कारण मध्यवर्ती समिति र जनसमुदाय बिचको संरक्षण सम्बन्ध काम गर्न सहयोग पुग्ने र सामुदायिक विकासकालागि सम्भावनाको पहिचान गर्न सहयोग हुने छ  समिति सदस्य कृष्ण लाल चौधरीको  विश्वास छ ।

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech