७ बैशाख २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ बाँके शाखाको साधारणसभा कोहलपुरमा हुने
  • न्युज मानसराेवर

नेपालगन्ज / नेपाल पत्रकार महासंघ बाँके शाखाले पौष १८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । शाखाको सांगठनीक प्रतिबेदन तयारीका लागी शाखा सचिब तिलक गाउँले र आर्थिक प्रतिबेदन तयारीका लागी शाखा कोषाध्यक्ष केशब रानालाई जिम्मेवारी दिई शाखाको आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ । त्यस्तै बाँके शाखामा बिभिन्न दाताहरुको सयोगमा स्थापना गरिएका पुरुस्कारहरु जिल्ला अधिबेशनमा बितरण गर्नुपर्ने भएकोले नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्ब अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरुस्कार छनोट समिति गठन गर्ने निर्णय गगरिएको सचिव तिलक गाउँलेले बताए । साथै बैठकले अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि स्थानिय निकायह संग समन्वय गर्न शाखाका उपाध्यक्ष प्रदिप वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखामा आबद्ध भएर सदस्यता नबिकरण नभएका सदस्यहरुका लागी अधिबेशन पुर्ब पौष ५ गते सम्मका लागि सदस्यता नबिकरण खुल्ला गर्ने निर्णय गरिएको हो ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech