७ बैशाख २०८१, शुक्रबार

बाँकेमा सुरक्षा गोष्ठी सुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा जिल्लास्तरीय सुरक्षा गोष्ठी संचालन गरिएको छ  । सुरक्षा निकायका सबैको सहभागितामा   नेपालगन्जमा शुक्रबार  सुरक्षा गोष्ठी सुरु भएको हो ।

सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, मन्त्रालयका सचिब रबिलाल पन्त, उपसचिब केदार कोइरालाको सहभागिता रहेको छ ।

गोष्ठीको कानूनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे ।

उद्घाटनमा बोल्दै उनले अहिलेसम्म मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्दै आइरहेको र उक्त गोष्ठीमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको मात्र उपस्थिति रहदै आएको हुँदा अबदेखि प्रत्येक जिल्लामा पुगेर सबै सुरक्षा निकायका युनिटहरुसङ्ग बसेर छलफल गरी उनिहरुबीचको सम्बन्ध तथा समन्वय साथै समस्या सुनेर समस्याको हल खोजिने बताए ।

उनले जिल्लामा कोभिडको पछिल्लो अवस्थाका साथसाथै सुरक्षाको अवस्था, सबै सुरक्षा युनिटहरुको अवस्था, भौतिक संरचनाको अवस्था, बिकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरु के के छन ती सबैको निकास निकाल्नका लागि जिल्लामा सुरक्षा गोष्ठीको आयोजना गरिएको बताए ।

गोष्ठीमा बाँके प्रजिअ रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम लगायत जिल्ला भित्रका सबै सुरक्षा निकायका अङ्गहरुका युनिट प्रमुखहरुको उपस्थिति रहेको छ ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech