७ बैशाख २०८१, शुक्रबार

नरैनापुरमा आन्तिरिक मामिला तथा कानून मन्त्री
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेसका आन्तिरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले बाँकेको नरैनापुर गाउँपालिकामा बिकासको संभावनाहरु प्रसस्त रहकाे  बताएका  छन् ।

नरैनापुरको सुईयानाका पुगेर  शुक्रबार  उनले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्नुको साथै नरैनापुर गाउपालिकाले आयोजना गरेको स्वागत  सहभागि  जनाएका थिए ।   त्यहाको सुरक्षा अवस्था कोभिड–१९ ले पारेको प्रभाव र नरैनापुरको बिकासको बारेमा चासो लिनुको साथै नरैनापुरको विकासमा प्रदेश सरकारले प्रथामिकताका साथ लिएको  उनले    कार्यक्रममा    उल्लेख गरे ।

नरैनपुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनपुरको विकासको लागि प्रदेश सरकारले मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए । उनले नरैनापुर सदियौदेखि राज्यले हेयको दृष्टिले हेदै आएकोले अव नरैनापुर प्रति हेर्ने दृष्टि बदल्नु पर्ने बताए ।

प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले सञ्चालन गरेको  कार्यक्रममा प्रदेस सभासदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, नेपाली सेनाका प्रमुख सेनापति नकुल थापा, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक असोक बमलगायतको सहभागिता रहेको थियो ।

यस अघि मन्त्री केसीले भगवानपुरमा रहेको ईलाका प्रहरी कार्यालय र सईयामा रहेको सशस्त्र प्रहरीको पोष्ठको निरीक्षण गर्नुको साथै त्यहाको समस्याको बारेमा जानकारी लिएका  छन् ।

 

  • २७ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech