१३ बैशाख २०८१, बिहीबार

आज बाँकेमा २६ जना कोरोनामुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा शनिवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ३६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ७० जना रहेका छन् ।

हालसम्म बाँकेमा ४ हजार १ सय ४५ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४० जनाको मृत्युु भइसकेको छ ।

 

  • २७ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech