१६ मंसिर २०७९, शुक्रबार

भान्सामा खानेकुरा भण्डारण : यसरी बोत्तलमा राख्नु कति उचित ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  घरमा दैनिक उपभोग्य वस्तुहरुको भण्डारका अनेक तरिका हुन्छन् । यसको लागि या त सिसाको बोतल÷डिब्बा प्रयोग हुन्छन् या त प्लास्टिकका । दैनिक उपभोग्य तेल, घिउ जस्ता पेय पदार्थ होस् या अन्य ठोस वस्तु नै । सबैको भण्डारको लागि प्रयोग हुने यस्ता सिसा र प्लास्टिकका भाँडाहरु मानव स्वास्थ्यको लागि कति लाभदायक र हानिकारक हुन्छ ?

गाई÷भैंसीको घिउ लाग्यो भण्डारणको लागि सिसाकै डिब्बा खोजिन्छ, अचार बनायो लामो समय टिकाउनु प¥यो भने सिसाकै डिब्बा प्रयोग गरिन्छ । पारदर्शी एवं हावाको प्रवाहलाई पूर्ण रुपमा रोक्ने सिसाको डिब्बाको विविध गुणका कारण यो अहिले लोकप्रिय छ ।

सिसाका डिब्बाहरुको स्वास्थ्यसँग कति सम्बन्ध छ भन्नेबारे गरिएका विभिन्न अध्ययनहरुले भिटामिन, स्वाद, ताजापन र सुगन्ध कायम राख्न होस् या हानिकारक ब्याक्टेरियाबाट बच्न समेत सिसाका भाँडाकुँडा उपयोगी हुने मानेको छ । विशेषगरी सामानको भण्डारणको लागि यसलाई उपयोगी मानिन्छ ।

कुनै पनि अभिभावकलाई आफ्नो परिवारको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । वर्तमानमा युरोपका सचेत उपभोक्ताहरु आफ्ना बच्चाहरूको स्वास्थ्य र खाद्य सुरक्षाको बारेमा चिन्ता लिने गर्छन् । त्यसको लागि भण्डारणको आवश्यकता पर्छ । यसको लागि सिसाको डब्बा वा बोतललाई युरोपियनहरुले लामो समयसम्म प्याकेजिङ गर्नको लागि सिसाको गिलास उपयुक्त मान्छन् ।

विभिन्न वैज्ञानिक शोधले पनि अन्य प्याकेजिङका उपायहरूको तुलनामा उपभोक्ताको स्वास्थ्यको हिसाबले सिसाको भाँडा नै धेरै सुरक्षित र उपयोगी हुने गरेको उल्लेख गरेको छ । सिसाको भाँडोमा प्याकेजिङ गर्दा खानामा कुनै पनि पदार्थको मिसावट हुँदैन, जसले रासायनिक प्रतिक्रियाबाट खानाको गुणस्तर एवं पोषण कम गर्न सक्दैन । यस्तो सिसाको भाँडाको प्रयोग कहिलेकहाँदेखि प्रयोग गर्न थालियो त ? यसको छुट्टै रोचक इतिहास छ ।

सिसाको बोतलको प्रयोग र उत्पादनको इतिहास 

सामान भण्डारणको चलन छ सभ्यताको सुरुवातसँगै हुन थाल्यो । माटोको भाँडा नभई अन्य धातुको भाँडामा भण्डारण गर्ने चलन पनि धेरै पहिलेदेखि हुन थाल्यो । तर यसको लागि स्वाद र रंगको आधारमा भाँडाहरू छान्नुपर्ने भयो । यसले गर्दा यसको उपयुक्त विकल्पको खोजी भएको थिएन ।

तर पश्चिमी युरोपमा सिसाका भाँडाको विकल्प अघि आयो । यसले पछिल्लो करिब दुई शताब्दीसम्म पनि लोकप्रियता पाइरहेको छ ।

सन् १८४० को दशक अघिसम्म पश्चिमी मुलुकहरुमा खानाको भण्डारणसम्बन्धी धेरै चेतनाको विकास भइसकेको थिएन । मान्छेको सभ्यता सुरु हुँदादेखिकै माटोका भाँडाकुँडाहरुमा सामान भण्डारण गर्ने गरिन्थे । माटोबाट नै विभिन्न स्वरुपका भाँडाकुँडा तयार पारिन्थे । यसमा स्वास्थ्य र स्वादलाई धेरै महत्व दिइँदैन’थ्यो ।

सन् १७९२ मा जन्मिएका इंगल्याण्डका जोन किल्नरले त्यतिबेला भण्डारणको लागि छुट्टै प्रविधिको विकास गरे । उनले सिसाको भाँडामा भण्डारण गरेको खानेकुरा लामो समयसम्म स्वस्थ र ताजा हुन्छ भन्ने तथ्य बाहिर ल्याए ।

त्यतिबेलासम्म पनि युरोपेली अभिभावकहरुमा खाद्य सुरक्षाकै चिन्ता बढी थियो । उनीहरुमा खाना सञ्चयको विश्वासिलो साधनको आवश्यकता थियो । त्यतिबेला ०.७५ लिटरदेखि १.५ लिटरसम्मका सिसाका भाँडाकुँडाहरु बनाएर बजारमा पठाउन थाले । त्यतिमात्रै नभएर उनले नै यस्ता भाँडामा व्यवस्थित तरिकाले बेसिजनमा समेत भण्डारण गरेको तरकारी खान सकिने तरिकाबारे समेत सिकाए । यी भाँडाहरु सिजन अनुसारको फल एवं अन्य खानेकुरालाई सुरक्षित राख्न सकिने देखेपछि यसको लोकप्रियता बिस्तारै बढ्दै गयो ।

सिसाको भाँडा बनाउने चलन त्यतिबेला पनि नयाँ भने थिएन । १६ औं शताब्दीमा नै पारदर्शी सिसाका बोटलहरु उपयोगी सामानको रुपमा प्रयोग गर्ने गरिन्थे । तर त्यतिबेला काँचका बोतलहरु महँगा र सानो आकारको बनाइएको हुन्थ्यो । ताकि धनीले मात्र त्यसको खर्च उठाउन सक्थे । तर औद्योगिक क्रान्तिले सिसाका बोतलहरूको उत्पादनमा समेत ठूलो क्रान्ति ल्यायो । एकैपटक यस्ता गिलासहरुले परम्परागत माटोका भाँडाहरू र ढुंगाबाट बनेका भाँडाहरूसँग प्रतिस्पर्धा गर्न सक्यो ।

माटोका भाँडाहरू सामान्य थिए तर ढुंगाका सामानहरू यसको अपवाद नै थिए । त्यतिबेला ढुंगाका भाँडाहरू धनी वर्गका मान्छेका लागि थिए भन्ने अनुमान लगाउन सकिन्छ ।

त्यतिबेला सिसाको भाँडा दाग र गन्धको लागि विशेष थियो । साथै यो ढुंगा र माटोको भाँडाभन्दा माझ्न पनि सजिलो थियो । मार्केटिङ गर्ने बेलामा सामान लामो समयसम्म भण्डारण गर्छ चलन सुरु गरे ।

सुरुमा किल्नरले सिसाको काम गर्नको लागि थ्रोनहिल र डिउसबेरी नामक ठाउँमा सिसाका विभिन्न किसिमका डिब्बाहरु बनाउने काम सुरु गरे । जुन समय सन् १८५७ तिरको कुरा थियो । जोन किलनरको निधन भइसकेको थियो । उनका छोराहरू विलियम, जोन र क्यालेबले सिसाका भाँडाकुँडा बनाएर किलनर जारको नामबाट यसैको व्यापार सुरु गर्न थाले ।

व्यापार फस्टाउँदै गयो । सन् १८६२ सम्म पुग्दा सिसाको डिब्बाहरुले युरोपेली बजारमा राम्रो चर्चा पायो । १८६२ मा नै वृहद् अन्तर्राष्ट्रिय प्रदर्शनी लण्डनमा भयो । त्यतिबेला सोही कम्पनीले बनाएको सिसाका भाँडाकुँडाले नै अवार्ड पायो ।

त्यसको झण्डै एक दशकपछि बिस्तारै बेलायतमा सिसाको साना भाँडाकुँडा बनाउने चलन फस्टाउँदै गयो । यसले किलनर जारको व्यापारमा गिरावट आउँदै गयो । बरु सो कम्पनीसँग प्रतिस्पर्धा गर्नेगरी संयुक्त अधिराज्य बेलायतमै ५०० जना कर्मचारीसहित नयाँ सिसाको भाँडा उत्पादन उद्योग खुल्यो । यसले किलनरको पारिवारिक सिसा कम्पनीलाई कमजोर बनाउँदै लग्यो ।

सन् १८७० देखि ८० को दशकमा पेरिस, सिड्नी, मेलबोर्न र फिलाडेल्फियामा समेत यस्ता सिसा उत्पादनसम्बन्धी उद्योगहरू खुल्न थाले ।

सन् १९०० मा किल्नरले नयाँ बट्टा वा जार उत्पादकलाई पछिआएको ब्राण्डको रूपमा उल्लेख गर्दै आफूहरूको जस्तो सक्कली ब्राण्ड तिनीहरू नभएको दाबी ग¥यो । विभिन्न नेतृत्व पार गर्दै किलनर जार कम्पनी अहिलेसम्म पनि सञ्चालनमा छ । आलाइन खबर

  • ३० मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech