२० मंसिर २०८१, बिहीबार

पुस ५ गते बस्‍नेगरी नेकपा स्थायी कमिटी बैठक स्थगित, केन्द्रीय कमिटी बैठक पनि सर्‍यो
  • न्युज मानसराेवर

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित भएको छ । बैठक पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका थिए

बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारीपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, पुस ५ लाई निर्धारित केन्द्रीय कमिटी बैठक पुस १० का लागि सरेको छ । कान्तिपुर

 

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech