७ चैत्र २०७९, मंगलवार

पत्रकार डेकेन्द्रको हत्यामा संलग्न १६ वर्षपछि प्रक्राउ
  • न्युज मानसराेवर

दैलेख : द्वन्द्वकालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई दैलेख प्रहरीले प्रक्राउ गरेको छ ।

थापाको हत्यामा सलंग्न ठहर भएका जिल्लाको नौमुले गाउँपालिका-३ द्धारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो । कर्तब्य ज्यान मुद्दामा २०७१ साल मंसिर २१ गते जिल्ला अदालत दैलेखबाट फैसला भई २ वर्ष कैद भुक्तानका लागि फैसला भएको थियो ।

फरार पुनलाई ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत दैलेखमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पछि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए । उनलाई अदालतले दुई वर्ष कैद तोकेको थियो । पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरी सकेका छन्

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech