१५ चैत्र २०८०, बिहीबार

बैजनाथ सामाजिक उद्यमी सहकारी संस्थाको प्रथम बैठक सम्पन्न

जिल्ला प्रतिनिधिमा लिला चन्द्र

  • चादनी थापा

बाँके बैजनाथ । बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लि   को प्रथम बैठक सम्पन गरिएको छ ।

बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लि का अध्यक्ष कल्पना थापा मगरको अध्यक्षतामा बसेको प्रथम बैठकले सामाजिक उद्यमी जिल्ला सहकारी संघमा आवद्धता
जनाएको छ । बैठकले संस्थाका कोषाअध्यक्ष लिला चन्द्र लाई सामाजिक उद्यमी जिल्ला सहकारी संघकामा जिल्ला प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

अध्यक्ष  मगरले  सहकारीका सबै सदस्यहरुलाई मिलाएर सबैलाई एक ठाउँमा ल्याउन आफ्नो प्रथम पहल हुने कार्यक्रममा बताइन् ।
मगरले सामाजिक उद्यमीहरुको मर्म अनुरुप दिइएको जिम्मेवारी आफ्ना सबै सदस्यहरुले पूर्ण पालना गर्ने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रममा साना किसान सुढृढिकरण परियोजना संयोजक रामकृष्ण छिनाल लगाएतको बैठकमा सहभागिता रहेको थियो ।

  • २ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech