१३ बैशाख २०८१, बिहीबार

यी हुन् ओली–प्रचण्डबीच भएका चार बुँदे समझदारी
  • न्युज मानसराेवर

काठमाडाैँ । पार्टीभित्र विवाद रहेकै बेला मंगलबार अध्यादेश जारी भएपछि सत्तारुढ दलको विवाद थप उत्कर्षमा पुगेको थियो।

विवाद मत्थर पार्नका लागि बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ विच संवाद भएको थियो। बालुवाटारमा भएको दुई अध्यक्षबीचमा चार बुँदे सहमति बनेको बताइएको छ।

विवाद मत्थर पार्न मंगलरबार जारी भएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री ओली सहमत भएका छन्।

यी हुन् दुई अध्यक्षबीच भएका समझदारीः
– सरकारले संवैधानिक परिषदको कार्यविधि संशोधन सम्बन्धी अध्यादेश फिर्ता लिने‚
– प्रचण्डको प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा छलफल नचल्ने‚
– प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले संसदको विशेष अधिवेशन बोलाउने गरेको हस्ताक्षर अभियान स्थगित गर्ने‚
– आगामी स्थायी कमिटी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव पेश हुने।

 

  • २ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech