७ बैशाख २०८१, शुक्रबार

लागुऔषध निष्तेज महाअभियान अन्तरगत नरैनापुरमा अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके बैजनाथ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज नरैनापुर गाउँपालिकामा ‘बाँके जिल्ला लागुऔषध निष्तेज महाअभियान २०७७’ अन्तरगत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्लामा लागुपदार्थ नियन्त्रण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको र यसको कुलतमा बालबालिका फस्दै गएको अवस्थालाई दुष्टिगत गरी नियन्त्रणको महाअभियान सञ्चालन गरिएको आयोजकले जानकारी दिइएको थियो ।

कार्यक्रममा अतिथिहरुले दुव्र्यसनबाट बालबालिकालाई जोगाउन अभिभावकहरुलाई निगरानीकर्ताको जिम्मेवारीसमेत दिइनुपर्नेमा जोड दिँदै यो महाअभियानमा सबै पक्षसँग साझेदारी र समन्वय हुनुपर्ने बताए ।

बाँकेका ८० प्रतिशत लागुऔषध कारोवारी र दुव्र्यसनीका कारण नै चोरी, डाँका, लुटपाट, झैझगडाका अधिकांश घटना हुने गरेको भन्दै कार्यक्रमका अथितिहरुले यसका लागि समुदाय र प्रहरीबीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना लगायतको सहभागिता थियो ।

नरैनापुर गाउँपालिका–२, स्थित प्राथमिक स्वास्थ्य चौकी लक्ष्मणपुरको प्राङ्गणमा सम्पन्न कार्यक्रमको आयोजना इलाका प्रहरी कार्यालय भगवानपुरले गरेको थियो भने कार्यक्रमको समन्वय नरैनापुर र राप्तीसोनारी गाउँपालिकाले गरेका थिए । कार्यक्रममा शस्स्त्र प्रहरी बल बिओ पि ३ को प्र नि बडा अध्यक्ष १ ,२, ३, ४ को समुदाय का पचास भन्दा बढी को उपस्थिति रहेको छ ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech