११ बैशाख २०८१, मंगलवार

६ महिनामा ४६८ फरार व्यक्ति पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार प्रतिवादी पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार एक सयबढीले अदालतमा आफै आत्मसमपर्ण गरेका छन् । बाँकेमा आफू बस्दासम्म एक हजार जना यस्ता फरार प्रतिवादी पक्राउ गर्ने योजना रहेको उनी बताउँछन् ।

उनका अनुसार यसरी पक्राउ पर्ने फरार प्रतिवादीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपीट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाह लगायतका घटनामा संलग्न रहेका व्यक्ति छन् ।

जसमा असारमा आठ, साउनमा ५६, भदौमा २ सय ७ जना पक्राउ परेका छन् । प्रहरी सक्रियता र नागरिकको सहयोगबाट असोजमा ७०, कार्तिकमा ३, मंसिरमा ५२ र पुसमा १ जना विविध घटनामा संलग्न फरार प्रतिवादी पक्राउ परी कानूनी दायरामा ल्याइएका छन् ।

पोखराबाट सरूवा भई नेपालगञ्ज आउँदा एसपी रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडि सारेका थिए । जसमा उनले लागूऔषध, शान्ति सुरक्षा, आपराधिक गतिविधी नियन्त्रणलाई मुख्य प्राथमिकता देखाएका थिए । त्यसै अनुरूप अहिले बाँके प्रहरीले यी योजनामा सफलता हासिल गर्दै गएको छ ।

हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने कार्य योजनानुसार अहिले एसपी राना शनिबार पनि कार्यालयमा नागरिककै सेवामा लागि परेका छन् ।

भारतसँगको खुल्ला सिमा नाका जोडिएको हुँदा हुनसक्ने सिमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रण गरिएको छ । बाँके प्रहरी एसपी रानको सक्रियता र प्रयासमा यतिबेला नागरिकमुखी सेवा प्रवाहमा लागिरहेको देखिएको छ । सला कार्यान्वयनमा बाँके प्रहरी प्रदेश अन्तगर्तका जिल्ला प्रदेशमै सर्वोकृष्ट देखिएको छ ।

रातदिन नागरिकको सुरक्षा र सेवामा खटिने एसपी रानाकै सक्रियता र योजनाअनुसार यतिबेला बाँकेमा लामो समयदेखि फरार रहेका प्रतिवादीहरू धमाधम पक्राउ परेका छन् । कतिपयले पक्राउ पर्ने डरका कारण आफै अदालतमा आत्मसमपर्ण समेत गरेका छन् । कतिपय पक्राउ पर्ने डरले गाउँ नै छाडेर भारततिर पलायन भैरहेका छन । यसले पनि गाउँमा शान्ति सुरक्षा बढेको छ ।

लुटपाट कुटपीट तथा अपराधजन्य गतिविधीमा रोकथाम भएको छ । लागु औषध नियन्त्रणलाई तीब्रता दिएका एसपी राना आफै खटिने गरेका छन् । लागु औषध नियन्त्रणका लागि बाँके प्रहरीले सशक्त भूमिका निर्वाह गरेको छ ।

लागुऔषध महाअभियानअन्तर्गत खजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बाँकेका एसपी रानाले जिल्लाका ८१ वटै वडामा यो अभियानलाई सशक्त पारिएको जानकारी दिए । लागु औषध नियन्त्रण बाँके प्रहरीको पहिलो प्राथमिकतामा रहेको उनको भनाई छ ।

एसपी राना पछिललो दिन नाकामा आफै खटिने गरेका छन् । नाकाबाट हुने अवैध धन्दाको सुइको पाएपछि उनी स्वयं आफै त्यहाँ पुग्ने गरेका हुन् ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech