बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित साना किसाना सुढृढिकरण परियोजनाको वडा स्तरमा अनुगमन तथा अन्तरक्रिया संचालन गरिएको छ ।
आर्थिक बर्ष २०७६।७७ मा गठित समुहको प्रगति विवरण तथा समुह अन्तरक्रिया संचालन गरिएको हो । बैजनाथ गाउँपालिका वडा न १ देखी ५ सम्म हाल ८१ वटा समुह छन् ।
समुहमा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा साना किसानहरुको क्षमता अभिवृद्धि तथा पशु उत्पादनमा जोड दिइएको छ ।
अन्तरक्रियामा बैजनाथ गाउँपालिका वडा न २ का अध्यक्ष प्रेम बहादुर थापाले सचेत समुदाय र समृद्ध समुदाय बनाउन कार्यक्रमले महत्वपूर्ण योगदान गरेको दावि गरे । थापाले यसरी नै अन्य समुह निमार्ण गर्दै सबैलाई सहकारीमा आवद्ध गराई समृद्ध बैजनाथ निमार्ण गर्ने गाउँपालिकाको योजना रहेको बताए ।
बैजनाथ वडा न २ मा ३ वटा मुल समुहको प्रगति विवरण बारे वडाका प्रतिनिधिहरुले पहिलो पटक अन्तरक्रिया गरेका हुन् ।
हाल वडा न २ मा ५ वटा मुल समुह र १६ वटा उपहार समुह रहेका छन् । २१ वटा समुहमा ५ सय घर परिवार परियोजनामा आवद्ध छन् । वडा न २ मा आवद्ध रहेका समुहमा हाल सम्म कुल ७ लाख २६ हजार ६४ रुपैया समुहमा लगानी गरेका छन् भने सामुहिक कार्य बाट समुहले १ लाख ७९ हजार ५ सय ३५ रुपैया आम्दमनी गरेका छन् अन्तरक्रियामा जानकारी गराईएको थियो ।
परियोजनाले २१ वटा समुहमा हाल सम्म १९० वटा बाख्रा उपलब्ध गराएको छ भने समुहले उपहार समुहलाई ५३ वटा बाख्रा उपलब्ध गराइसकेको छ ।
समुहले हाल सम्म तौल प्रणाली बाट १ हजार १ सय १८ केजी बराबरको बाख्रा विक्रि गरिएको छ भने विक्रि बाट समुहले कूल ५ लाख २३ हजार ८ सय आम्दानी गरेका छन् ।
कार्यक्रम हाल सम्म ९ वटा बाख्राको खोर निमार्ण तथा सुधार गरिएको छ भने आर्थिक वर्ष २०७७।७८ मा ३५ वटा खोर निमार्ण तथा सुधार गर्ने परियोजनाको लक्ष्य रहेको छ । परियोजना मार्फत भूइ तथा डाले घाँस तालिम पशु व्यवस्थापन सहकारी शिक्षा लगाएतको क्षेत्रमा काम गर्दे आइरहेको परियोजनाका सहजकता मालती रुचालले जानकारी गराईन् ।
कार्यक्रममा वडा सदस्य भिम बहादुर भूसाल , वडा सदस्य सितादेवी विक, सदस्य भूमिशरा थापा सदस्य राजाराम थारु, हेफर प्रतिनिधि महेश आचार्य ,ओसीडिसी प्रतिनिधि , प्रस्तावित बैजनाथ सामाजिक उद्यमी महिला सहकारी कोषाअध्यक्ष लिला कुमारी चन्द्र लगाएको सहभागिता रहेको थियो ।
उक्त समिक्षा वडा न १ देखी ५ सम्म सञ्चालन गरिने परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी दिएका छन् ।