११ बैशाख २०८१, मंगलवार

मन्त्रिपरिषद् विस्तार बदर गर्न सर्वोच्चमा रिट
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्रिपरिषद् विस्तारलाई तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।

अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार रिट दायर गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहका असन्तुष्ट मन्त्रीहरुले राजीनामा दिएपछि सोही रिक्त पदमा प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप नियुक्त गरेका थिए ।

संविधानको धारा १३३ (२,३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न उनीहरूले माग गरेका छन् ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech