१३ बैशाख २०८१, बिहीबार

उखु किसान र सरकारबीच ४ बुँदे सहमति, आन्दोलन स्थगित
  • न्युज मानसराेवर

काठमाडौं- चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँगको ४ बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसानबीच यस्तो सम्झौता भएको हो।

चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा कृषकले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १२० भित्र प्रतिवेदन पेस गर्न पनि सम्झौता भएको छ।

उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech